आफ्नो इच्छा धेरै सेक्स गर्नु रहे पनि पूरा नभएको -अभिनेत्री डेबी रोनाल्ड


debiहरेक मानिसको एउटा इच्छा हुन्छ । तर सबै पूरा हुँदैनन् । त्यसैले सबै सोच्ने गर्छन् यो काम चाँहि मैले गर्न सकिनँ । मेरो यो इच्छा अधुरै रह्यो । यो विषयमा हलिउड अभिनेत्रीहरु पनि अपवाद छैनन् । तर, अधुरै रहेको इच्छा भने अलि अनौठो छ । अभिनेत्री डेबी रोनाल्डको इच्छा धेरै सेक्स गर्नु थियो । तर, त्यो अधुरै रहेकोमा उनी असन्तुष्ट छिन् ।
डेबीले हालै दिएको एक अन्तर्वार्तामा आफ्नो इच्छा धेरै सेक्स गर्नु रहे पनि पूरा नभएको बताएकी हुन् । उनले जम्मा चार जनासँग सेक्स गरिन् । तीन जना श्रीमान र एक जना साथीसँग सेक्स गरिन् । जसमध्ये श्रीमानहरु यौन सन्तुष्टि दिन असफल रहे पनि उनीले मित्रसँगको सेक्सलाई बिर्सेकी छैनन् ।
डेबीको पहिलो श्रीमान एडी फिशरसँग भएको थियो । उनले भनिन्, म थोरै मुर्ख र निर्दोष थिएँ । किनभने मलाई पुरुषसँग नराम्रो व्यवहार गरियो भने नर्क गइन्छ भन्ने शिक्षा दिइएको थियो । पछि पो मैले बुझेँ यो कल्पना मात्र हो वास्तविकता होइन भन्ने कुरा ।
पचासको दशकमा उनी अमेरिकामा लोकप्रिय र सुन्दर अभिनेत्री थिइन् । तर, फिशरले उनलाई छोडेर एलिजाबेथ टेलरसँग विवाह गरे । जसरी ब्रैड पिटले जेनिफर एनिस्टनलाई छाडेर एन्जोलिना जोलीसँग विवाह गरेका थिए । त्यसैले डेबीले पनि थप दुई जनासँग विवाह गरिन् । तर, दुवै जनाले उनलाई धोका दिए । उनको पैसा मात्र बर्वाद गरे । त्यसपछि डेटिङदेखि उनी टाढै रहन थालिन् । उनले प्रण गरिन् कि अब विवाह गर्दिनँ । त्यही बेला बाब फेलनसँग उनको मित्रता बढ्यो । जुन तार वर्षसम्म चल्यो । डेबीले आफ्नो यौन जीवनमा यही अवधि साह्रै सफल भएको बताएकी छन् ।
सेक्स लाइफबाहेक अरु सबै विषयमा उनी सन्तुष्ट छिन् । पूर्ण सुन्दरताका साथ आफ्नो ढल्कदो उमर पार गरिरहेकी छन् । उनी अहिले पनि अभिनय कला चलचित्रमा टोडिरहेकी छन् । बिहाइन्ड द क्याण्डलब्रा त्यसैको परिपक्व उदाहरण हो । एजेन्सी
भिडियो हेर्न तल डबल क्लिक गर्नुस