पीडा सहन नसकेर एक महिला नाबालक छोराछोरी सहित आत्महत्याको प्रयास
महेन्द्रनगर (सुनसरी) १८ असार । श्रीमान दुर्घटनामा परेर मानसिक रुपमा विक्षिप्त भएको पीडा सहन नसकेर सुनसरीकी एक महिलाले नाबालक छोराछोरी सहित आत्महत्याको प्रयास गरेकी छन ।
श्रीमान मानसीक रोगी भएसँगै बढ्दो आर्थिक समस्या र समाजको हेपाहा प्रबृत्ति सहन नसकेर बराहक्षेत्र ६ की ३५ बर्षीया दमन्ती (राधा) भट्टराईले आत्महत्याको बाटो रोजेकी थिईन । तर, उनले सोचेजस्तो भएन ।

उनले आफुसहित कलिला छोराछोरीको जीवन समाप्त पार्न भरौलको बीचपानी नहरमा हाम फेलेकी थिईन । सो क्रममा छोरीको डुबेर मुत्यु भएको छ भने छोरा बेपत्ता भएका छन । उनलाई प्रहरीले शकुसल उद्धार गरेको छ ।
श्रीमानको कारण समस्या भएपछि उनी माइत जान भनि बिहान घरबाट छोराछोरी सहित निस्कीएकी थिइन । तर, उनी छोराछोरीलाई च्यापेर बराह क्षेत्रमा हामफाल्न पुगिन । छोराछोरी च्यापेर हामफाले लगत्तै एक बर्षिया छोरी भुमिकाको शब हाम फालेको स्थानभन्दा कही दक्षिणतर्फ फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक शरद थापाले जानकारी दिएको आजको राजधानी दैनिकले लेखेको छ ।
तीन बर्षीय छोरा सुजनको अबस्था भने अज्ञात छ । स्थानीयबासी र सुरक्षाकर्मीले दिनभर खोजी गरेपनि सुजनलाई फेला पार्न सकेनन् । हामफाल्ने क्रममा स्थानीयले देखेपछि प्रहरीले खोजी गरेको थियो ।
दमन्तीलाई प्रहरीले तत्काल नहरबाट निकालेर उद्धार गरेपछि स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा उनको होस खुलेको थियो ।
भट्टराईले श्रीमान मानसिक रुपमा कमजोर रहेको र ससुराली घरमै बस्ने अमाजु –दाजु (भिनाजु) र अमाजुले दिएको को पीडाले गर्दा मर्नकै लागि हाम फालेको बताएकी छन ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं