सिरहामा १४ बर्षीया किशोरी बलात्कार

सिरहा, असार १८, प्रहरीले सिरहा जिल्लाको चिकना गाविस ३ की एक १४ वर्षकी किशोरीलाई बलत्कार गरेको आरोपमा एक जनालाइ पक्राउ गरेको छ । स्थानीय १९ वर्षका सुरेश राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको जनाएको छ ।



प्रहरीले गोप्य सूचनाका आधारमा जनकपुरबाट राउतलाई पक्राउ गरेको जनाएको छ । निज राउतले भैसी चराउन कमला नदीको बगरमा गएको बेला गत असार ३ गते ती किशोरीलाई बलात्कार गरेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाए अनुसार निज राउतमाथि बलात्कारको मुद्दा दर्ता भइसकेको छ । यस घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको बताइएको छ ।