४००० बर्ष पुरानो मूर्ती एक्कासी घुम्न थालेपछि विशेषज्ञहरू आश्चर्यमा !

असार १८, यदि कुनै म्यूजियममा राखेको ४००० बर्ष पुरानो मूर्ती एक्कासी घुम्न थाल्यो भने यसले लापाइँलाइ पक्कै पनि डराउन सक्दछ । आजको वैज्ञानिक युगमा तपाइँ यसलाइ मात्र गफ सम्झनु हुनेछ । गणेशको मूर्ति जब दूध पिउन थाल्दछ, तब वैज्ञानिकहरूले यसको पछाडिको प्राविधिका कारणलाइ पत्ता लगाएका थिए । यस्तै एक घटना हालै ब्रिटेनमा देखिएको छ ।



ब्रिटेनमा रहेको एक संग्रहालयमा राखिएको ममी मूर्ति रहस्यमय गतिविधिका कारण अहिले चर्चामा रहेको छ । वैज्ञानिकहरूले पनि यसको पछाडी के कारण रहेको छ भन्ने कुरा अहिले सम्म पत्ता लगाउन सकेका छैनन ।

हुन त आजको समयमा यस्ता समाचारहरू सुन्दा अनौठो अबश्य पनि लाग्दछ तर यो कुरा शत प्रतिशत साँचो हो । ब्रिटेनको म्यानचेस्टर संग्रहालयमा ८० वर्षअघि देखि राखिएको ४००० बर्ष पुरानो मिश्रको एक मूर्ति अचानक रहस्यमय तरीकाले घुम्न थालेको छ । समाचार अनुसार १० इन्च लम्बाइको यो मूर्ति एक ममीको कब्रमा फेला परेको थियो ।

एक दिन अचानक यस मुर्तीको दिशा परिवर्तन भएको देखेर विशेषज्ञहरू आश्चर्यमा परेका थिए, उनीहरूले पुनः मूर्तीलाइ पहिलेको अबस्थामा लगेका थिए, तैपनि यो मूर्ती १८० डिग्रीमा घुम्न थाल्यो । आश्चर्यचकित भएर उनीहरूले यसको बास्तबिकता थाहा पाउनका लागी त्यहाँ एक भिडियो क्यामरा लगाएका थिए । रेकर्डिगमा मूर्ति आफैं घुमेको देख्दा बिशेषज्ञहरू पनि अचम्मित भएका छन ।

वैज्ञानिकहरूले पनि यसको पछाडीको ठोस कारण थाहाँ पाउन सकेका छैनन । संग्रहालयका क्यूरेटर यसलाइ आध्यात्मिक कारण मान्दछन । तर अहिले यो मूर्तिको रहस्यात्मक गतिविधि सबैका लागि कौतूहलको विषय बनेको छ ।