भारतमा भेटिए १४१ वर्षका पुरुषः मानव इतिहासमै सबैभन्दा बढि बाँच्ने व्यक्ति

भारतको कास्मिरका बासिन्दा फेरोज अन दिन मिरले आफु १४१ वर्षको भएको दाबी गरेपछि यसले तरंग पैदा गरेको छ । यदि उनको दाबी सही ठहरियो भने उनी विश्वका सबैभन्दा वृद्ध मानिसको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल हुनेछन् । अहिल विश्वमा सबैभन्दा जेठा व्यक्तिको रुपमा रहेका जापानका ११५ वर्षका मिसाओ ओकावा भन्दा उनी २६ वर्ष पाका हुनेछन् ।
eroz-ud-Din-Mir-claims-to-have-a-government-certificate-proving-he-was-born-on-March-10,-1872---which-would-make-him-the-world's-oldest-personमिरले हावादारी दाबी गरेका पनि होइनन् । उनको नागरिकतामा बकाइदा उनको जन्ममिति १८७२ साल मार्च १० तारेख लेखिएको छ ।
मिरको यस्तो दाबीपछि गिनिज वल्र्ड रेकर्डस् प्रतिनिधिले यस विषयमा गम्भीर अध्ययन थालेको बताइएको छ । यदि मिरको उमेर १४१ वर्ष नै ठहरियो भने उनी विश्वमा मानव इतिहासमा अहिलेसम्म धेरै वर्षसम्म बाँचेका व्यक्तिको रुपमा समेत गिनिज बुकमा दर्ज हुनेछन् । स्मरण रहोस् विश्वमा अहिलेसम्म धेरै वर्षसम्म बाँच्ने व्यक्ति फ्रान्सका जियन क्लेमेन हुन् । सन् १९९७ मा मृत्यु हुँदा उनको उमेर १२२ वर्ष थियो।
समाचार अनुसार मिर अहिले पनि परिवारको सहायताले हिँडडुल गर्न सक्छन् भने धमिलै भएपनि आँखाले देख्न सक्छन् । उनी आफ्नो मातृभाषा पहारीमा कुराकानी समेत गर्न सक्छन् । मिरले सन् १८९० को दशकमा पहिलो विवाह गरेका थिए । उनकी जेठी श्रीमतीको सन् १९०० मा निधन भयो । उनी त्यतिबेला फलफूल व्यापारी थिए । उनी कास्मिर र कराँची ओहोरदोहोर गरिरहन्थे । उनले जेठी श्रीमतीको निधन भएपछि दोश्रो विवाह गरे । उनको विवाह यात्रा यत्तिमै थामिएन । त्यसपछि पनि उनले लगातार तेश्रो, चौथो र पाँचौ विवाह गरे । उनकी पाँचौ श्रीमतीको नाम मिसरा हो ।
मिसराका अनुसार उनका श्रीमान मिरले सन् १८८० ताकाको भुइँचालोका बारेमा आफुलाई उनका अनुभव सुनाउने गरेको बताउँछिन् ।
गएको सताब्दीका धेरै महत्वपूर्ण कुरा देख्ने उनी एकमात्र व्यक्ति रहेको दाबी मिसराको छ । आधुनिकता सँगै जिवन जटिल बन्दै गएको अनुभव छ १४१ वर्षका मिरको । मिरका नाती अब्दुल रशिदका अनुसार १० वर्षअघि हजुरबुवा मिरको आँखाको अपरेशन भए यता स्वास्थ्य तथा स्मरण शक्तिमा पनि ह्रास आएको छ । एजेन्सीको सहयोगमा