तपाइको आजको राशिफल

विक्रमसंवत् २०७० साल आषाढ ३० गते आइतबार, ईश्वीसन् २०१३ जुलाई १४, नेपाल संवत् ११३३,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज अवगाल र अपजस व्यहोर्नुपर्ने दिन हो । प्रतिस्पर्धीहरुले औंला ठड्याउने अवसर पाउने छन् । अनपेक्षित वादविवाद पनि हुनसक्छ । सहयोगी हातहरु पछि हट्न सक्छन् । कुनै कुराले विचलित गराउनुका साथै अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु बेस हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
समय मध्यम रहेको छ । एकाबिहानै सन्ततिपक्षबाट समस्या आइपर्ने सङ्केत छ । आफन्तले नै कुरा काट्न र विश्वासघात गर्न थालेपछि मन अस्थिर र अशान्त रहने छ । उता पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । साँझपख मन भुलाउने उपायको प्राप्ति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिन लाभदायक देखिन्न । व्यापार व्यवसायबाट नाफाघाटा बराबर रहने योग छ । आज शरीर अस्वस्थ हुनसक्छ । स्वास्थ्योपचारमा धन खर्च हुन सक्छ विचार गर्नुहोला । आज चोटपटकको भय र मानसिक तनाव हुनेछ । उता झुठो फत्तुर पनि आइलाग्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सानातिना कुरामा अल्मलिने समय छैन । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
समय राम्रो छ । कामको दायित्व दिन प्रतिदिन बढ्नेछ । सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । व्यापारिक कारोबारमा सुधार आउने योग छ । पारिवारिक सहयोग बढ्ने छ । बोलिको प्रभाव बढेतापनि झैझगडामा आफु पछि हट्नु पर्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज धार्मिक र सामाजिक काममा समय बित्ने दिन हो । आज दिनदुखीलाई दिएको सानो सहयोगले तपाईंको रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरुले मनग्ये लाभ प्राप्त गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । शत्रुहरु पराजित हुनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
खराब समय छ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । दण्ड सजाय भोग्नु पर्ने या सामान हराउन सक्ने समय छ । अनावश्यक कुरामा अल्झिनु राम्रो छैन । तपाईंको परिश्रम खेर जान सक्छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
राम्रो समयको योग छ । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्ने छ समयलाई पर्खिनु होला । विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ । । शुभ कुराको संकेत मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कृषिकार्यतिर मन जानेछ । प्रयाससाध्य समय छ धैर्य गर्नुहोला । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ । शुभ कुराको संकेत मिल्नेछ । उत्साहपूर्वक काम गर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अध्ययन अध्यापनमा खासै रुचि नरहला । यातायातको साधन किन्ने विचार गर्नु भएको छ भने आज अनुकूल समय हो । धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भुमिका रहनेछ । शुभ समाचार प्राप्त हुने योग छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
समय ठीक छैन । गर्नु नपर्ने कामबाट जोगिने बेला हो, गर्न बाँकी काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ । हरबखत सजग एवं सचेत भई कार्य गर्नु होला । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरु समाधान हुनेछन् । काममा सफलता पाइने छ । विभिन्न सामाग्री किनमेल गर्न बाँकी छ भने आज त्यसका लागि राम्रो दिन हो । नातागोताभित्रका विपरीतलिंगी सदस्यले राम्रो सहयोग गर्ने छन् ।