मादी नदीमा बस खस्यो, १२ को मृत्यु, १० को उद्दार

२२ असार, काठमाडौं । पृथ्वी राजमार्ग अन्तरगत तनहुँ दमौलीबाट मादी नदीमा बस खस्दा १२ जनाको मृत्यु भएको छ । १० जनाको जिवितै उद्दार गरिएको छ ।






मृतकको सनाखत हुन सकेको छैन । मृतकमध्ये ६ पुरुष, २ महिला र १ बच्चा छन् । पोखराबाट मुग्लिनतर्फ आउँदै गरेको ना ४ ख ४६८४ नम्बरको बस मादी पुलबाट नदीमा खसेको हो । बसको अधिकांश भाग पानीमा डुबेको छ र भने नदीमा पानीको बहाव बढेको छ । पुलमा लगाइएको बार भत्काएर बस विपरित दिशातर्फ खसेको छ ।




बसमा रहेकाहरुको खोजी तथा उद्दार जारी छ । उद्दारका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी जुटेका छन् । बसमा ४० जना रहेको आशंका गरिएको छ ।