ऋषि धमलाले ओलीलाई भने-तपाईं नउठ्ने भए म उठ्छु चुनावमा
२२ असार, काठमाडौं । धादिङ सदरमुकाम धादिङबेसीमा शुक्रबार प्रेस चौतारी नेपाल जिल्ला शाखाले गरेको कार्यक्रममा एमाले नेता केपी शर्मा ओली लगायत पत्रकारको बाक्लो उपस्थिति थियो । धादिङ घर भएका रिपोर्टस् क्लवका अध्यक्ष ऋषि धमला पनि कार्यक्रममा थिए । जहाँ पुगेपनि अगाडि उभिएर बोल्न मन पराउने धमलालाई त्यहाँ पनि आयोजकले बोल्ने अवसर दिए ।

जुन नेतालाई पनि फुरुक्क पार्न सिपालु धमलाले ओलीलाई भने-’अब राजनीतिको केन्द्रबिन्दू तपाईं हो, जनताले तपाईंकै भरोसा गरेका छन् । चुनाव जित्नुहोस् र प्रधानमन्त्री बनेर देशलाई निकास दिनुहोस् ।’ धमलाको कुरो सुनेर नेता ओली र अरु सहभागी हाँसे । अझ हौस्याउँदै धमलाले भने-’तपाईं धादिङमा आएर चुनाव लड्नुपर्छ । तपाईं उठ्नुभएन भने यो क्षेत्रबाट म उठ्छु ।’
धमलाको यो भाषणलाई धेरैले हाँसेर उडाएपनि यसपटकको चुनावमा धादिङबाट उम्मेद्वार बन्ने धमलाले घोषणा गरिसकेका छन् ।
ओलीका नयाँ टुक्का
चोटिला भाषण गर्न निकै खप्पिस एमाले नेता ओली मञ्चमा उभिएपछि अब के भन्छन् भन्ने धेरैलाई खुल्दुली हुन्छ । शुक्रबार धादिङबेसीमा भएको कार्यक्रममा पनि यस्तै भयो । तर ओलीले पहिलेजस्तो माओवादीलाई चर्को गाली गर्नुभएन । पत्रकारको योगदानको चर्चा गर्नुभयो । देश विकासको लागि प्रशस्त सम्भावना भएपनि राजनीतिक कारणले पछि परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । अप्रत्यक्ष रुपमा भने दुई माओवादीका क्रान्तिकारी कुरालाई व्यंग्य गर्नुभयो । उहाँका केही चोटिला टुक्का यस्ता थिए ।
· साथीहरु यतिधेरै क्रान्तिकारी छन् कि मकै त छिटो पो बढ्नुपथ्र्यो, किन ढिलो बढ्यो भनेर फेदै ढालिदिन्छन् ।
· आफ्नो बचावटको लागि गाईभैंसीको टाउकामा सिङ हुन्छ । सुरक्षित भएकाले मान्छेको भने सिङ हुँदैन । सिङ भएपनि गाईभैंसीले हतपती कसैलाई आक्रमण गर्दैनन् । तर सिङ नभएको क्रान्तिकारी मान्छे भने रीस उठ्ने बित्तिकै अर्कोलाई हानिहाल्छ ।
· माओवादीसँग कति सेना र हतियार थिए भन्ने हामीलाई थाहा थियो । तैपनि मुलुकमा शान्ति कायम हुन्छ भने जस्तोसुकै मूल्य पनि चुकाउनुपर्छ भनेर चुप लाग्यौं । सेना समायोजनमा लचक भयौं । तर फेरि चुनावको कुरो गर्यो, लौ त कसरी चुनाव गर्दारहेछौं हेरौं भन्दै पाखुरा सुर्कन्छन् ।
· माओवादीलाई बाहिर राखेर चुनाव गर्ने कसैले भनेकै छैन । उहाँहरु आफैं बाहिर बस्छौं भन्नुहुन्छ । उहाँहरुलाई चुनावमा सहभागी गराउनुपर्छ ।
· भात खाने मुखले नै हो । तर कहिलेकाहीँ बिरामीको हालत बिग्रँदै गयो र मुखले खान सकेन भने नाकबाट पाइप लगाएर र नशाबाट समेत खानेकुरा दिनुपर्छ । बिरामी बचाउनुपर्ने बेला मुखबाट खानुपर्नेमा किन पाइपबाट खाना खुवाएको भनेर बहस गर्नु कत्तिको जायज हुन्छ ? अहिले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नु यस्तै बाध्यता हो ।
· संविधानसभा नागपासा खेलेजस्तो भयो । गोटी चाल्दै चाल्दै १०० मा पुग्न लाग्यो, एक स्टेप चाल्न खोज्दा नागको मुखमा परेर स्वाट्टै जीरोमा झर्यो ।
· हामीकहाँ ढुंगा, माटो, काठ, खर सबै छन् । तर छाप्रो छैन । कस्तो लाजमर्दो ।
· रुस, अमेरिका, चीन, अष्ट्रेलियामा हात्ती र गैंडा जन्मदैनन् । हाम्रो देशमा जन्मन्छन् । तर हामी अझै पछाडि छौं ।onlinekhabar

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं