एसएलसी नतिजा असार पहिलो साताभित्र: पनिका
यस वर्षको एसएलसी परीक्षाको नतिजा असार पहिलो साताभित्र सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
प्राविधिक समस्या नआए असार पहिलो साताभित्र एसएलसीको परीक्षाफल सार्वजनिक गर्नेछौ परीक्षा नियन्त्रक खगराज बरालले भने ।
परीक्षाकोको नतिजा सार्वजनिक गर्नका लागि युद्ध स्तरमा काम भइरहेको उनले जानकारी दिए ।
उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भयो नियन्त्रक खगराज बरालले भने अहिले सम्परीक्षणको कार्य चलिरहेको छ ।
यस बर्षको एसएलसी परीक्षामा ५ लाख ४७ हजार १ सय ६५ जना विद्यार्थीले परीक्षा दिएका छन् ।
जसमध्ये जियमित तर्फ ४ लाख ३० हजार ९७ र एक्जाम्टेड तर्फ १ लाख १७ हजार ६८ जना विद्यार्थीले एसएलसीको परीक्षा दिएका छन् ।
एसएलसी परिक्षा गत चैत्र १ गतेदेखि शुरु भई ९ गते सकिएको थियो । यस वर्षको एसएलसी ७९ औं संस्करण भएको पनिकाले जनाएको छ