फेल भएपछि नदीमा हाम फालेकी खनालको जिवितै उद्दार

२९ जेठ- एसएलसी फेल भएपछि आत्महत्याको उद्देश्यले तिनाउ नदीमा हाम फालेकी अर्घाखाँची जिल्ला खनदह–६ घर भएकी १७ बर्षीया संगीता खनाललाई प्रहरीले जिवितै उद्दार गरेको छ। 

कान्ति उच्च माध्यामिक बिद्यालय बुटवलबाट एसएलसी दिएकी संगीता बुटवल नगरपालिका–५ स्थित सिद्धार्थ गौतम बहुमुखी क्याम्पस पछाडी रहेको तिनाउ नदीमा हाम फालेकी थिइन्।

 खबर पाउनासाथ इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले नदीमा बगीरहेको अवस्थामा उद्धार गरी उपचारको लागि लुम्बिनी अंचल अस्पतालमा पठाएको थियो ।