सुष्माको फक्रिँदो जोवन नछोपिएपछि (फोटो र भिडियोसहित)

उसो त नायिका सुष्मा कार्की आइटम गीतमा नाच्न खुबै माहिर छिन् । चलचित्र ‘लुट’को ‘उध्रेको चोली’ बोलको गीतमा नृत्य गरेपछि त उनी नायिका भन्दा पनि आइटम डान्सरको रुपमा परिचित भइन् ।



यसैले पनि उनको माग आइटम नृत्यमा बढेको बढ्यै छ । यसैले पनि आफूले अभिनय गरेको चलचित्र ‘विन्दास २’ को एउटा आइटम गीतमा नृत्य गर्दा सुष्मा नखुल्ने कुरै भएन । कुलेश्वरमा रहेको एउटा डान्स रेष्टुरेण्टमा सुष्मा नृत्य गर्दै गरेको अवस्थामा भेटिइन् ।



उनलाई नृत्य निर्देशक शिव वीकले नृत्य सिकाउँदै थिए । राजु गिरीको निर्देशनमा मधुकुमार श्रेष्ठले निर्माण गरेको चलचित्र ‘विन्दास २’ मा सुष्माले आइटम नृत्यसँगै अभिनय गरेकी छिन् । चलचित्रमा जीवन लुइटेल, सुशान्त कार्की, अनिशा गुरुङ लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।



चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको निर्माणपक्षले बताएको छ । चलचित्रमा अर्जुन पोख्रेलको संगीत, राजेन्द्र सापकोटाको छायांकन छ । यो आइटम गीतमा दुर्गा खरेलले आवाज दिएकी छिन् । गीतलाई होमनाथ गुरुङले लेखेका हुन् । चलचित्रले लागूपदार्थ दुव्र्यसनिको बिषयलाई उठान गरेको छ ।



Source:onlinekhabar