बाटोमै यसरी भइन् महिला सुत्केरी
कालिकोटको भर्ता ३ धौलुवाडाकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छन् । आइतवार विहान घरमा प्रसव बेदनाले छट्पटिएपछि बोकेर गाउँबाट ५ घण्टा टाढाको सदरमुकाम मान्मस्थित जिल्ला अस्पताल ल्याउने क्रममा भर्ता ८ सेरिघाटको बीच सडकमा बच्चा जन्माएकी हुन् ।
उनले छोरी जन्माएकी छन् । उनले सवओभरसियर पढेकी छन् । उनका पति प्रकाश शाहीले भर्ता पोरिपालीमा खुद्रा पसल सञ्चालन गरेका छन् । तीन वर्षअघि सुत्केरी हुन नसकेपछि मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा शल्यक्रिया गरेर छोरी जन्माएकी डल्लीको पाठेघरमा समस्या भएकोले सुरक्षित प्रसुति गराउन जिल्ला अस्पताल लैजान घरबाट बोकेर सेरिघाटसम्म ल्याएको उनका आफन्त नन्दवहादुर शाहीले बताए । ‘
सदरमुकाम मान्मबाट एम्बुलेन्स मगाए पनि बाटो बिग्रिएकोले ढिलो गरेकाले बीच बाटोमै बच्चा जन्मिएको शाहीले सुनाए ।
उनी बाटोमा प्रसव बेदनाले चिच्चाउदै छट्पटाएउदै गर्दा सहयोग गर्ने गाउँले महिला उनलाई च्याप्दै सहयोग गरिरहेकी थिइन् ।
यहाका ग्रामीण स्वास्थ्य संस्थामा भरपर्दो प्रसूति सेवा नहुला वर्षेनी दर्जन बढी महिलाले बच्चा जन्माउने क्रममा अत्याधिक रक्त श्राव भएर ज्यान गुमाउने गरेका छन् । इकान्तिपुर। बाट साभार गरिएको । विभिन्न जानकारीको लागि तलको बक्समा क्लिक गर्नुहोस।