नायिकाको जवानीले हल्लियो धरान (फोटो फिचरसहित)

धरानमा सुरु भएको ‘राष्ट्रिय चलचित्र महोत्सव’मा मेकअपका कारणले गर्दा नायिकाहरु प्रभातफेरीमा उपस्थित हुन सकेनन् ।

तर कार्यक्रम आयोजना गरिएको स्टेजमा नृत्य गरेर भने नायिकाहरुले धराने दर्शकको मन जित्ने प्रयास गरेका छन् ।



विभिन्न पुराना देखि नया चलचित्रका गीतमा नेपाली सिनेमाका नायक तथा नाकियाहरुले नृत्य गरेका थिए । ‘सुन सुन सनम’, ‘सुनकोशी सुसेलेको’, ‘यो हो मेरो प्राण भन्दा प्यारो’, ‘लहनाले जुरायो की’ लगायतका गीतमा नायक नायिकाहरुले नृत्य गरेका हुन् ।





नायक यशराज गरच, गजित बिष्ट, नायिका अनु शाह, सुष्मा कार्की, अशिष्मा नकर्मी, निता ढुंगाना लगायतले नृत्य गरेका थिए । यस्तै आफ्नै चलचित्र ‘कहा” भेटिएला’को ‘सुनकोशी सुसेलेको’ गीतमा नृत्य गर्दै गर्दा नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का पनि स्टेजमा पुगेर नृत्य गरेका थिए ।



कलाकारहरुले स्टेजमा नृत्य गर्दै गर्दा दर्शकले ताली बजाएर स्वागत गरेका थिए । नेपाली सिनेमा पुराना देखि नया” गीतमा कलाकारले नृत्य गरेर नेपाली सिनेमालाई सम्मान गरेका थिए ।