मारियाले पानीमा आगो बालिन् (फोटोफिचर)

यो चर्को गर्मीमा मारिया केरीले जमेर मौसमको आनन्द लिँदै आफ्नो नयाँ भिडियोको सुटिङ गरिन् । इटालीकी ४३ वर्षीया गायिका मारिया केरी आफ्नो नयाँ भिडियो फिल्माउनका लागि अविश्वसीय रुपमा दुई अलग अलग विकिनीमा देखा परिन् ।



मारियालाई विकिनीमा देखेर सबै आश्चर्यमा परे । मारिया दुई जुम्ल्याहा बच्चाकी आमा हुन् । मोरिया केरीलाई यो रुपमा देखेर कुनै महिलालाई जलन हुनु स्वभाविक हो । मारिया केरी सेतो टुपिस विकिनीमा डुंगामा सवार भएर कापरी द्वीपबाट ब्लु कुटी पुगिन् । उनको यो यात्रा पानीमा आगो लगाएसरह थियो ।

जसै मारिया केरी डुंगाबाट उत्रिइन् तब उनका टिमका क्रु सदस्य तौलिया लिएर उनको स्वागतमा खडा भए । मारियाले पनि तौलिया लिँदै घामको आनन्द लिइन् । मारिया अघिल्लो दिन आफ्ना सहस्टारका साथ इटलीमा भिडियो सुटिङका क्रममा कालो रङ्गको विकिनीमा देखा परेकी थिइन् । सुटिङकै क्रममा उनले नुहाउने आनन्द पनि लिएकी थिइन् । एजेन्सी



भिडियो तल बक्समा क्लिक गरी हेर्नुहोला।