भारतको उत्तराखण्डमा भिष्ण बाढीपहिरो जादा १३८ को मृत्यु,सयौं बेपता

नयाँदिल्ली (एजेन्सीहरू), असार ६ - उत्तर भारतमा आएको भिष्ण बाढीमा बुधबारसम्म कम्तीमा १ सय ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ । सयौं बेपता रहेको अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेको संख्या २ सयदेखि ३ सयको बीचमा पुग्ने अनुमान गरिएको छ ।



उत्तराखण्डमा चार धामको मार्ग बन्द हुँदा बद्रीनाथ, केदारनाथ, यमुनोत्री र गंगोत्री घुम्न आएका अझै ६२ हजार तीर्थयात्री अलपत्र परेको केन्द्रीय सरकारले जनाएको छ । तीन दिनभित्र ११ हजारलाई उद्धार गरिएको छ । सबभन्दा बढी क्षति उत्तराखण्ड र हिमाचल प्रदेशमा भएको छ । उत्तराखण्डका थुप्रै धार्मिक तीर्थस्थल बाढीबाट प्रभावित बनेका छन् । कतिपय मन्दिरहरू पानीमा बगेका छन् । रुद्रप्रयागस्थित शिवनगरी केदारनाथ जस्तो मुख्य मन्दिर पनि हिलोमा डुबेको छ । मन्दिरको भित्री भागमा समेत हिलो र पानी जमेको छ । मन्दिरको यत्रतत्र शव मात्र छन् । वरिपरिका मन्दिरको अस्तित्व सखाप भएको छ । उक्त मन्दिर जाने मार्ग ध्वस्त भएकोले पुनः यात्रा सुरु गर्न २/३ वर्ष लाग्ने भएको छ । भत्केको सडक र हिलोमा गाडिएका गाडीहरूले आवागमन सुचारु हुन सकेको छैन ।

थुप्रै बाढीपीडित क्षेत्रमा सम्पर्क स्थापित हुन नसकेकोले धनमालको क्षतिको यकिन हुनसकेको छैन । वषर्ा थामिएपछि दर्जनौं हेलिकप्टरलाई मंगलबारदेखि राहत र उद्धार कार्यमा केन्द्र एवं राज्य सरकारले सञ्चालन गरेको छ । पाँच हजार ५ सय सैनिक र सयौं अर्ध सैनिक बल उद्धारमा खटिएका छन् । उत्तर प्रदेस, हरियाणा, मुम्बई , दिल्ली र पञ्जाबका वासिन्दा पनि वषर्ाबाट प्रभावित भएका छन् । यमुना नदीको जलस्तर खतराको चिह्नलाई नाँघेपछि होचोस्थलमा बसोबास गर्ने दिल्लीवासीलाई सुरक्षित स्थानमा सारिएको छ । यसैगरी, उत्तर-पश्चिम चीनको सिंजिआङ प्रान्तमा अविरल वषर्ापछि आएको बाढी र पहिरोबाट कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । प्रकोपबाट ४५ हजार प्रभावित भएको स्थानीय सरकारले बुधबार जनाएको छ ।

प्रान्तको दक्षिणी भागको आक्सु जिल्लामा सोमबारदेखि सुरु भएको भारी वषर्ापछि बाढी र पहिरो गएको बाढी नियन्त्रण तथा उद्धारकार्यको प्रमुख कार्यालयले जनाएको छ । यसबाट १ हजार ३ सय ५ घरहरू ध्वस्त भएको र ६ हजार ६ सय ६७ हेक्टर क्षेत्रफलमा लगाइएको बालीनाली नष्ट भएकोे छ । जल प्रकोपबाट ३ करोड २४ लाख अमेरिकी डलर बराबरको नोक्सान भएको अधिकारीहरूले बताएका छन् ।

फिलिपिन्सको मिन्दानाओ प्रान्तमा अविरल वषर्ापछि आएको बाढीका कारण करिब एक लाख व्यक्ति विस्थापित भएका छन् । त्यहाँको होचो स्थानमा रहेका सहरहरु सुल्तान कुदरत, सरनगानी, नर्ड कोटाबाटो मगुइनडानाओ लगायत बढी प्रभावित छन् । प्रकोपबाट दाभाओ डेल नोर्टे, सुल्तान कुदरत, सरनगानी नर्ड कोटाबाटोमा गरी ती व्यक्ति प्रभावित भई विस्थापित भएका छन् । हालसम्म हताहतीको विवरण आएको छैन