विमानस्थल कार्गोमा कुकुरको अप्रेशन (फोटोफिचरसहित) ,पत्रकार बोलाएर हल्ला-खल्ला गर्दै लागुऔषधको खोजी
११ असार, काठमाडौं । हवाइ उडानमार्फत विदेशमा सामान पठाउने र विदेशबाट आएका सामान लिने मान्छेको सधैं भीडभाड हुने ठाउँ हो अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो भवन । निर्यात र आयात कक्ष सबैतिर सामानै सामान असरल्लै छरिएको, कसैले सामान उचाल्दै त कसैले सामान जाँच गरिरहेका बेला अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो भन्सारमा मंगलबार दिउँसो एकहूल प्रहरी कुकुर र पत्रकारहरुलाई लिएर त्यहाँ पुगे ।

भन्सारमा यसै पनि प्रहरी भएकै हुन्छन् । त्यसमाथि थप प्रहरी कुकुर डोहोर्याएर आएको देख्दा सबै जिल्ल परे । ‘नाटक गर्न आएका नि’ सामान मिलाइरहेका एकजनाले सँगैका साथीलाई खुसुक्क भने । तर, नाटक नभएर लुकाई-छिपाई लागूऔषध निर्यात भैरहेको छ कि भन्ने आशंकामा लागू औषध कार्यान्वयन ब्युरोले गरेको विशेष अप्रेशन थियो, यो ।
‘पछिल्लो समयमा कुरियर र कार्गो मार्फत लागूऔषध कारोबारका घटना बढ्न थालेकाले हामी आज कुकुर सहित जाँच गर्न आएका हौं’ ब्युरोका एसएसपी रणबहादुर चन्दले भन्नुभयो-’हुन त यहाँ नियमित जाँच भैरहन्छ, आज कुकुरमार्फत थप सहयोग गर्न मात्र खोजिएको हो ।’

सफल भएनन् कुकुर !
प्रहरीको आदेश पाउनसाथ त्यहाँ लगिएका ५ वटा कुकुरले सामान सुँघ्न थाले । टेम, लैला, लुसी, एमी, ज्याक नाम गरेका कुकुरले कुनाकुनामा पुगेर जाँच गरे । देख्दै डरलाग्दा कुकुर सामान सुँघ्दै यताउता घुमेको देख्दा कर्मचारी र सामान धनी डराए । सबैतिर घुमीघुमी सुँघे पनि कुकुरले केही फेला पारेनन् । ‘आज केही फेला परेन’ चन्दले भन्नुभयो- ‘कार्गोमार्फत लागू औषध कारोबार बढेपछि हामीले चेक जाँचलाई कडा पारेका छौं ।’

त्यसो त त्यहाँका भन्सार अधिकृत यामबहादुर थापा मगर पनि कार्गो मार्फत लागू औषध कारोबार नियन्त्रणमा सचेत भएको बताउनुहुन्छ । ‘हामीले हरेक सामानको नियमित जाँच गरिरहेका हुन्छौं’ उहाँले भन्नुभयो- ‘कहिलेकाहीँ अप्ठेरो ठाउँमा लुकाउँदा मात्र हामीले थाहा पाउँदैनौं ।’ सामानको कुना काप्चामा लुकाएर राखिएको आशंकामा प्रहरीले कुकुरमार्फत जाँच गरेको हो । यस्तो अप्रेशनलाई निरन्तरता दिने ब्युरोका एसएसपी चन्दले बताउनुभयो ।
onlinekhabar