नायिकासँग निर्माता, घरमा रुवाबासी

काठमाडौं। नेपाली चलचित्रका एकजना निर्माताको घर नायिकाकै कारण भाँडिने खतरामा परेको छ। तीनवटा चलचित्रबाट रामै्र पैसा कमाउन सफल ती निर्माताले एउटा चलचित्रबाट भने निकै ठूलो घाटा खाएका थिए। उनले निर्माण गरेको पछिल्लो चलचित्र युज पनि खासै चल्न सकेन। नायिकाकै कारण घरझगडा सुरु भएको कुरा बेवास्ता गर्दै अघि बढ्न तयार हुने निर्माता हुन् बाबु बलामी। आफूले बनाएको चलचित्र युजले दर्शक तान्न नसके पनि सो चलचित्रकी नायिका सीमा केसीले भने उनको मन राम्रैसँग युज गरेको चलचित्र क्षेत्रमा चर्चा चल्न थालेको छ। बाबु र सीमाबीच अन्तरंग सम्बन्ध छ भन्ने कुरा युज चलचित्र निर्माण हुनुअघि नै चलेको थियो। सीमाकै इच्छाका लागि बाबुले युज चलचित्र बनाएको सो चलचित्रमा काम गरेका एक कलाकारले बताए। चलचित्र निर्माणदेखि बाबु सीमासँग लहसिएपछि घरझगडा सुरु भएको बताइन्छ। बाबु सीमासँग बाहिरै व्यस्त हुने भएकाले उनकी सात वर्षीया छोरीले घरमा खानासमेत नखाएपछि परिवारमा तनाव सिर्जना भएको पारिवारिक स्रोतले बताएको छ। सीमासँग बाहिर होटलमा खान थालेपछि बाबुले घरपरिवारसँग खाना नखाएको धेरै भइसकेको उनको दाबी छ।


जंगल लभ, जंगली क्विन जस्ता चलचित्रबाट लाखौं रुपैयाँ कमाउन सफल बाबु बलवान चलचित्रबाट भने घाटा खान पुगेका थिए। तीन/चारवटा चलचित्र निर्माण गर्दासम्म लवाई खुवाईमा ‘कन्सस’ नदेखिएका बाबु सीमासँग नजिकिएपछि सफा र चिटिक्क बनेर हिँड्ने गरेको एक नायकले तरुणलाई बताए। सीमा केसी मोडलिङ हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। उनी अहिले अर्को एक नयाँ चलचित्रमा अभिनय गरिरहेकी छन्। ‘बाबुसँग उनले सामिप्यता बढाएपछि उनलाई स्मार्ट बनाउन सीमा सफल भएकी छन्,’ एक नायकले तरुणसँग भने।

उता, बाबु भने युज चलचित्र आशा गरेअनुसार नचलेपछि निराश बन्न पुगेका छन्। थोरै बजेटमा चलचित्र बनाउन माहिर बाबु युज चलचित्रको लगानी उठाउनै नसक्ने अवस्थामा पुगेपछि दोहोरो चिन्ता थपिएको छ। युज चलचित्र तीन दिन पनि हलमा टिक्न नसक्नुले मात्र होइन, अब आफूले बनाउने चलचित्रमा प्रतिष्ठित कलाकार नआउने कुराले पनि चिन्तित छन्।

सेक्स विषयवस्तुमा आधारित युजले दर्शकलाई उत्साह होइन, घृणा मात्र दिएको एक दर्शकले भने। एउटा चलचित्र चल्न नपाउँदै अर्को चलचित्र निर्माणको तयारीमा लाग्ने बाबु अहिले नयाँ चलचित्र बनाउने कि नबनाउने भन्ने दोधारमा छन्। घर नायिकाकै कारण भाँडिने खतरामा परेको छ।
भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोला।