डलर पुनः उकालो, भारतभन्दा एक रुपैयाँ महँगो
५ असार, काठमाडौं । गत एक हप्ता ९३ रुपैयाँभन्दा कम रहेको डलर मूल्य बुधबार पुनः उकालो लागेको छ । बुधबार विहान भारतमा डलरको मूल्य भारु ५८.४५१५ मा कारोबार भएको छ । यसलाई नेपाली रुपान्तरण गर्दा ९३ रुपैयाँ ५३ पैसा हुन्छ ।
यता नेपाल राष्ट्र बैंकले आजको लागि डलरको बिक्री मूल्य ९४ रुपैयाँ ५ पैसा तय गरेको छ । यसैगरी वाणिज्य बैंकहरुले ९४ रुपैयाँ ५० पैसासम्म कारोबार मूल्य तोकेका छन् । भारतमा माग र आपूर्ति अनुसार दिनभर डलरको मूल्य तलमाथि हुने गर्दछ ।
नेपालमा नेपाल राष्ट्र बैंकले भोलीका लागि विनिमय दर प्रक्षेपण गर्ने गर्दछ भने वाणिज्य बैंकहरुले आजका लागि एक पटक मात्र विनिमय दर तय गर्ने गर्दछन् । भारतमा भएको कारोबारको तुलनामा नेपालमा एक रुपैयाँसम्म कम बढी हुने गरेको पाइन्छ ।