सिनेमाको हिरो बन्ने भएपछि दिपकराज र धुर्मुसको निकटता

नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएका चर्चित हाँस्य सिरियलका कलाकारहरु अब नायक बन्ने भएका छन् । यो भिडमा चर्चित कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ पनि पर्छन् । दिनेश डीसीको निर्देशनमा तितो सत्य टिमले बनाउँन लागेको नयाँ चलचित्रको नाम ‘६ एकाने ६’ राखिएको छ ।



मंगलबार ‘तितो सत्य’को छायांकन स्थलमा भेटिएका धुर्मुस निक्कै खुशी देखिएका थिए । धुर्मुस किन छायांकनमा आउनु भएको हो भन्ने प्रश्नमा दिपकले भने, ‘अब हाम्रो निकटता ६ महिना सम्म यस्तै हुन्छ ।’

उसो त तितो सत्य, मेरी बाँस्सै र जीरे खुर्सानी युनिट मिलेर गाइजात्राको अवसरमा विशेष कार्यक्रम गर्दै पनि आएका छन् । दिपकले प्रश्न तेर्श्राउँदै भने, ‘कतै छ यस्तो जहाँ प्रतिस्पर्धी भएपनि मिलेर काम गरेको ?’ उनले गायकले निकाल्ने एल्बममा अन्य गायकले आवाज कतै भरेका छन् त भनेर व्यङग्य पनि गरे ।

कमेडी बिषयलाई मुख्य आधार बनाएर तितो सत्य यूनिटले बनाउन लागेको ‘६ एकाने ६’ को छायांकन चाडै नै सुरु हुँदैछ । जसका लागि लोकेशन हेर्ने काम सकिएको छ ।