बेलायती विद्यार्थीले भने, गोलभेँडा माटोमुनि फल्छ

निकै विकशित देश भएर के गर्नु ? बेलायतका विद्यार्थी सामान्य भन्दा सामान्य विषयमा पनि निकै अज्ञानी तथा अनभिज्ञ रहेको तथ्य खुलासा भएको छ ।



एक सर्भेक्षण अनुसार बेलायतमा झण्डै एक तिहाइ प्राथमिक विद्यालयका विद्यार्थीलाई चिज गाइभैँसीको दुधबाट बन्छ भन्ने कुरा थाहा छैन । चिज रुखमा फल्छ भन्ने ठान्छन् उनीहरु । यतिमात्र होइन १८ प्रतिशतलाई माछाबाट बनाइने परिकार फिस फिंगर कुखुराको मासुबाट बन्छ भन्ने भ्रम छ ।

बि्रटिस न्युटि्रसन फाउण्डेसनले गरेको सर्भेमा अर्को झनै दयालाग्दो तथ्य पनि सार्वजनिक भएको छ । बेलायतमा हरेक १० जनामा एक जना प्राथमिक विद्यालयका विद्यार्थीलाई गोलभेँडा बोटमा फल्छ भन्ने कुरा थाहा रहेनछ । उनीहरुले गोलभेँडा माटोमुनि फल्ने बताए ।