सन १९५३ मे २९ तारिख, एउटा नयाँ किर्तिमान कायम भएको दिन । त्यसदिन तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले मानव जातिको इतिहासमा एउटा स्वर्णिम पातो थपे, संसारको सबै भन्दा सर्वोच्च शिखर सगरमाथा चडेर । तेन्जिङलाई सम्मानस्वरूप त्यतिबेला नेपाल तारा विभूषण प्रदान गरिएको थियो । र साँच्चै खुसियालीले गदगद थियो देश । तर त्यो खुसी वा देशको भनिएको गर्व न थियो न रह्यो । तत्कालै भारत सरकारले तेन्जिङलाई दार्जिलिङ बोलायो । अनि भन्यो- तिमी आजदेखि भारतको नागरिक । उसले नागरिकता झुन्ड्याइदियो तेन्जिङको गलामा । र भनिहाल्यो, तेन्जिङ भारतको नागरिक । दाजिर्लिङमा हिमालय माउन्टेन्यिरिङ इन्स्िटच्युट एचएमआई नामको संस्था स्थापना गरेर तेन्जिङलाई त्यस संस्थाको फिल्ड डाइरेक्टर बनाइदियो । धेरै सुखसुविधा दिने भयो । दाजिर्लिङमा महल । अनि प्रशस्त सम्मान । र फेरि पनि तेन्जिङका नाति टासी जो यही काठमाडौंमा छन् र भनिरहेका छन्- न बाजे नेपाली हुनुहुन्थ्यो, न हुनुभयो । बाजेको मृत्यु ९, मे १९८६ मा दिन दाजिर्लिङमा भएको हो । यसरी मरेको इतिहास ओछ्याएर खुब राज गरेछांै हामीले । मरेका गीतहरू गाएर पनि स्वाभिमानको खुब आनन्द लिएछौं । र दुनियाँलाई झुक्यायौं सायद ः झूटो स्वाभिमानको छात्ती देखाएर । न त्यो सापटी स्वाभिमान थियो, न त्यो विरासतको थियो । त्यो अर्कैको थियो, अर्कैले चोरी लगेको थियो । तर नेपाली गाइरहेको थियो- हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा ।
के युगपुरुष तेन्जीङ नोर्गे शेर्पा साचै नै नेपाली होइनन् त ?