सुमिनाले थाम्न नसकेपछि..

नेपाली चलचित्र क्षेत्रमा संघर्षरत नायिका हुन् सुमिना घिमिरे । सुमिना अभिनित पछिल्लो चलचित्र ‘नाइन ओ–क्लक’ यतिखेर प्रदर्शन भइरहेको छ । ‘दुलही’ मार्फत रजतपटमा आएकी सुमिनाले करिब डेढ दर्जन चलचित्रमा अभिनय गरेकी छन् ।



तीमध्ये आजसम्म ‘दुलही’, ‘छविलाल कञ्जुस छैन’, ‘किन मायामा’, ‘हेल्लो प्रकृति’, ‘तिम्रो लागि’ र ‘रङ’ प्रदर्शनमा आइसकेका छन् । तर यी सबै चलचित्र व्यावसायिक रूपमा सफल हुन नसकेपछि टिप्पणि हुनु स्वभाविकै थियो । तर आलोचनात्मक टिप्पणि सहन नसकेर सुमिना पत्रकारमाथि नै गालीगलौजमा उत्रिइन् ।

चलचित्र ‘नाइन ओ क्लक’ को व्यापार सन्तोषजनक नभएको हल्ला चल्न थालेपछि सुमिनालाई चलचित्र बजारमा ‘असफल नायिका’ भन्न थालियो । यो कुरा लेख्ने पत्रकार विजय आवाज सुवेदीलाई सुमिनाले अश्लिल गालीगलौजसहित ज्यान लिने धम्की दिइन् । अहिले उनी बदनामीको उच्च श्रेणीमा छिन् ।

पछिल्लोपटक आफू अविवाहित भए पनि कुमारी नरहेको अन्तर्वार्ता दिएर चर्चामा थिइन् सुमिना । अहिले पत्रकारलाई नै धम्की दिने बहादुरीपछि उनी चर्चामा हुनु स्वभाविकै हो नि । तर उनले रिस थाम्न नसक्दा चलचित्रलाई नै असर पर्ने भयो, उनको बदनामीको परिणाम उनी अभिनित चलचित्रमाथि स्वभाविकरुपमा नै पर्नेछ । तल बक्सको सामग्री पनि क्लिक गर्नुहोस्: