उपचारको अभावमा पढ्ने सपना अधुरो ।
कास्कीको देउराली गाविसकी १७ वर्षीया सुष्मिता गुरुङको उपचार अभावका कारण पढ्ने सपना अधुरो भएको छ । घरको आर्थिक अवस्था कमजोर भएकोले उनलाई उपचार गराउन सकेका छैनन उनका अभिभावकले । १० वर्षको उमेरसम्म स्वस्थ रहेकी सुष्मीता एक्कासी देव्रे कुमको भाग वढ्दै गएका कारण कहरपूर्ण जीवन बाँच्न विवश बनेकी हुन् ।
एसएलसी द्धितिय श्रेणीमा पास गरे पछि उनी थप अध्ययन गर्न सफल भईनन् । विगत दुई वर्षदेखि घरमै वस्न वाध्य उनलाई अझै पनी धेरै पढेर देशका लागी केही गर्ने रहर छ । आखाभरी टिलपील आसु पार्दै उनले भनिन् – आफुसँगैको साथि क्याम्पस पढ्न जादा आफनो हलत देखेर मन दुख्छ ।’ उनका बाबुआमाले अनेक प्रयास गर्दा पनि उपचार गर्न आवश्यक रकम जुटाउन सकेका छैनन् । उनले आशावादी हुँदै भनिन्–‘कसैले उपचारमा सहयोग गरे मलाई धेरै पढ्ने मन छ ।’ उनले डिसी नेपाल डटकमसँग भनिन्–‘कोही मन भएकोले सहयोग गरे मैले पुन: जन्म पाउने थिएँ ।’ ४२ वर्षकी आमा गौमाया र ४३ वर्षका वावु दिलवहादुर जन्मदा राम्रो र जन्मेको १० वर्षसम्म पनी केही नभएकी छोरीको यो हालत होला भन्ने सपनामा पनि नसोचेको वताउँछन् । कतारवाट वर्षेनी घर आउँदा छोरीको स्थिति देख्दा आहत भएको उनका बाबु दिलबहादुरले बताए । विश्व शान्ति उच्च माविका प्रावि इन्चार्ज काशीराम घिमीरे कक्षा ५ सम्म सुष्मीताको स्वस्थमा केही खरावी नभएको र पढाईमा अब्बल रहेको स्मरण गर्दै भन्दछन–‘ एसएलसी दिने बेला पनी हिड्न नसकी नसकी जाच गएकी थिईन ।’ वर्षेनी ५ जना बालबाललिकालाई छात्रवृत्ति प्रदान गर्दै आएका पोखराका वसन्त भट्टचनको अग्रसरतामा शुष्मिताको उपचारको लागि सुष्मिता उपचार सहयोग समिति पनि गठन भएको छ । उनको उपचारका लागि पाँच लाख बढी खर्च हुने जनाउँदै सहयोग समितिले सहयोगका लागि सबैसँग आग्रह गरेको छ ।