डलरको भाउ ९१ रुपैयाँ २५ पैसा पुग्यो
२४ जेठ, काठमाडौं । अमेरिकी डलरको भाउ नेपाली बजारमा ११ महिना यताकै उच्च विन्दुमा पुगेर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि प्रतिडलर विनिमय दर ३५ पैसा बढाएर ९१ रुपैयाँ २५ पैसा तोकेको छ । बिहीबार प्रतिडलर विनिमय दर ९० रुपैयाँ ९० पैसा तोकिएको थियो । केही सातादेखि स्थानिय बजारमा डलरको भाउ बढ्दै गएको छ ।

गत जुन २९ मा राष्ट्र बैंकले प्रतिडलर विनिमय दर ९१ रुपैयाँ ४५ पैसा तोकेको थियो । त्यसयता डलरको भाउ निरन्तर तल झरेर प्रतिडलर ८२ रुपैयाँ ९९ पैसा पुगेको थियो । भारतीय बजारमा डलर बलियो र भारु कमजोर हुँदै जाँदा नेपाली बजारमा डलरको भाउ बढ्न गएको हो ।
नेपाली रुपैयाँको भारतीय मुद्रासँग स्थिर विनिमय दर कायम गरिएको हुँदा भारतीय मुद्राको नेपाली रुपैयाँमा प्रत्यक्ष असर पर्छ । डलरको भाउ बढेपछि विदेशबाट पैसा पठाउनेहरु मालामाल भएका छन् । तर, डलरको भाउमा भएको बृद्धिले नेपालमा आयात हुने सम्पूर्ण वस्तुको मूल्य भने बढ्ने पक्का छ ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं