मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु

नवलपरासी, १९ जेठ । भैरहवा भुमही सडक खण्ड अन्तर्गत नवलपरासीको हकुई–८ महवा खोलाको पुलमा गएराती मोटरसाइकल ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ । 

पोखरा नगरपालीकाबाट आफनो कार्यक्षेत्र भैरहवा कारागार जार्दैँ गरेका रामग्राम–६ पोखरा निवासी प्रहरी जवान ओम प्रकाश यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

उहाँ लु ५ प ४५७० नम्बरको मोटरसाईकलमा हुनुहुन्थ्यो । शवको पोष्टमार्टमको लागि रुपन्देही प्रहरीले भैरहवा लगेको छ भने मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।