काठमाडौको फोहोर अब नुवाकोटमा फाल्न नदिने चेतावनी

९ असार, काठमाडौं । सरकार र ठेकेदार कम्पनिले आफूहरुसँग गरेका सहमति तथा प्रतिबद्धता पालना नगरेका भन्दै ओखरपौवा ल्याडफिल्ड साईटका स्थानीयबासी र राजनीतिक दलहरुले काठमाडौंको फोहर ओखरपौवामा फाल्न नदिने घोषणा गरेका छन् । ओखरपौवा ल्याण्डफिल्ड साईट प्रभावित क्षेत्र सरोकार समितिले राजधानीमामा पत्रकार सम्मेलन गरेर फोहोरका कारण जनस्वास्थयमा गम्भीर असर परेको बताएकाहु । यसअघि उनीहरुले मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए ।

नेपाली काँग्रेसका नेता जगदिशनरसिंह केसीले सरकारले जनस्वास्थ्यमा असर नपर्ने गरी फोहरको व्यवस्थापन नगरे काठमाडौंको फोहर ओखरपौवा लिन नदिने बताउनुभयो । एमाओवादीका नेता नवराज ढुंगानाले सरकार र काठमाडौंबासीले ओखरपौवाबासीलाई अर्को दर्जाको रुपमा हेर्ने गरेको आरोप लगाउदै अब सरकारले सही ढंगले फोहरको व्यवस्थापन नगरे फोहर लिन नदिने बताउनुभयो । त्यस्तै नेकपा-माओवादी नुवाकोट जिल्ला इन्चार्ज लक्ष्मी मुडभरीले सरकारले प्रभावित क्षेत्रका जनतासँग गरेका प्रतिवद्धता पूरा गर्न माग गर्नुभयो ।

ओखरपौवामा फोहर फाल्न दिएकोमा पश्चताप लागेको ओखरपौवा ल्याण्डफिल्ड साईट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुंगनाले बताउनुभयो । पुलिसको ढण्डाका भरमा सरकारले अब फोहर लैजाने कसरत नगर्न आग्रह गर्नुभयो । उहाँले आफ्नो र भावी सन्ततीको स्वास्थ्यको लागि आफूहरु गोली खान तयार रहेको बताउनुभयो ।

यस्त छन् ओखरपौवाबासीका माग

१.ओखरपौवा, छत्रेदेउराली बीचको बन्चरेडाँडामा दिर्घकालिन ल्याण्डफिल्ड साईट विकास गर्न अन्तराष्ट्रिय मापदण्ड अनुरुप १५ सयदेखि २ हजार मिटर क्षेत्रमा मानवबस्ती रहित क्षेत्र विकास गरी हरियाली क्षेत्र कायम गरी स्थानीयबासीको लागि बसोबासको वैकल्पीक व्यवस्था गरिनुपर्ने ।

२. ओखरपौवा दीर्घकालिन ल्याण्डफिल्ड साईटक प्रभावित क्षेत्रको वातावरणीय प्रभाव मूलांकन प्रतिवेदन र त्यसको निष्पक्ष निरीक्षण र व्यवस्थापन गर्न निम्नबमोजिको अधिकासरसम्पन्न विज्ञहरुको संयुक्त समिति गठन गरिनुपर्ने ।

३. दीर्घकालिन ल्याण्डफिल्ड साईटक वञ्चरेडाँडा क्षेत्रमा निर्णय भएको स्थानमा पूर्वाधार अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप निर्माण गर्नुपर्ने ।

४. सिसडोल ल्याण्डफिल्ड साईट २ बर्षका लागि मात्र जाइका ले निर्माण गरेको स्थानमा ८ बर्षसम्म क्षमता भन्दा बढी फोहर राखेर स्थानीय जनतको जीवन खतरामा परेकोले तत्काल उपत्याकाको फोहर लैजान बन्द गर्नुपर्ने ।

५. तीनपिपले हुँदै कुमरी-गल्छी सडक राष्ट्रिय राजमार्गको मापदण्ड अनुरुप तत्काल निर्माण थालनी गर्नुपर्ने ।

६. कोलपुखोला आधार क्षेत्र ओखरपौवा देखि कुमडीसम्मको जमीनमा कृषि वागवानी फार्म तत्काल स्थापना गरी लागु गर्नुपर्ने ।

७. २०७० असार १ गतेदेखि फोहरमैलाका कारणले महामारी फैलिएर विमारी परेकाहरुको औषधी उपचार र उक्त प्रभावित क्षेत्रमा संक्रमित रोगको रोकथामका उपायहरु तत्काल संचालन तथा राहत प्रदान गर्नुपर्ने ।