कोरियामा एक नेपालीको निधन

मीन प्रकाश उप्रेती

सउल । रोजगारका लागि एक वर्ष अघि कोरिया आएका एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ । भोजपुर चाम्पे ८ का ३१ बर्षिया लोकेन्द्र मगरको आइतबार बिहान हृदयघातका कारण मृत्यु भएको उनीसंगै काम गर्ने तनहुँका पुर्णचन्द्र घिमिरेले जानकारी दिए ।



मगर शनिवार अबेरसम्म काम गरेर आएका थिए । आइतबार बिदा भएका कारण दुख:सुखका कुरा गर्दै नजिकको बजारमा किनमेल गरी बेलुका अबेर सम्म याम मगर ,लोकेन्द्र र पुर्णचन्द्र घिमिरेसंगै सुतेका थिए । आइतबार बिहान ७ बजे लोकेन्द्रलाई स्वाश प्रस्वाशमा कठिनाइ आए जस्तो आवाज आए पछि लोकेन्द्रलाई झकझक्याउदै सँगै सुतेका साथीलाई खबर गरेको घिमिरेले बताए ।

अक्शिजनको कमीले हो कि भन्दै मैले आधामात्र खोलेको झ्याललाई पुरा खोलेर पुन लोकेन्द्रलाई उटाउन खोज्दा नबोले पछि त्तकाल कम्पनी मालिकलाई खबर गरी एम्बुलेनसमा नजिकको हस्पिटल लगिएको घिमिरेको भनाई छ । हस्पिटलमा पुर्याएको केहिछिनमै उनलाई मृत घोषणा गरिएको थियो । लोकेन्द्र मगर कोरियाको उहिजम्बु सहर नजिक सैार क्षेत्रको एक काठ कम्पनीमा काम गर्दै आएका थिए ।

बिवाहित मगरका श्रीमती र एक छोरी रहेका छन् । मगरको शव हाल प्रहरी निगरानीमा उहिजम्बु स्थित हस्पिटलमा राखिएको र पोष्टमार्टम तथा अन्य थप अनुसन्धान सोमबार देखि सुरु हुने कोरियास्थित नेपाली श्रमसहचारी अनिल गुरुङ्गले जानकारी गराउनु भएको छ ।