सिंहदरबारमा डोजर लगाइने
२९ जेठ, काठमाण्डौं । सडक विस्तार गर्न सर्वसाधारणका घर भत्काउने सरकारले आफैं बसेको सिंहदरबारमा भने डोजर लगाउन अटेर गरेको छ । पद्योदयमोडदेखि माइतीघरसम्म अतिक्रमित सडक विस्तार गर्न सिंहदरबारले नै अटेर गरेको हो ।

पद्योदय-माइतीघरका अतिक्रमित संरचना भत्काउन उपत्यका विकास प्राधिकरणले तीन महिनाअघि नै चिनो लगाएको थियो । तर, त्यस क्षेत्रमा पर्ने सरकारी कार्यालयमध्ये महानगरीय ट्राफिक प्रहरी महाशाखाले मात्रै सडक विस्तार क्षेत्रको संरचना भत्काउन सुरु गरेको छ ।
उपत्यका विकास प्राधिकरणले उपत्यकाका अन्य स्थानमा चिनो लगाएको भोलिपल्टै माइकिङ गरी आफैं भत्काउन सूचना दिने र आफैं सुरु नगरे एक महिनाभिमा डोजर लगाउने गरेको छ । तर, मुख्य प्रशासनिक निकाय सिंहदरबार, सर्वोच्च अदालतलगायतका कार्यालयका पर्खालमा भने तीन महिना बितिसक्दा पनि प्राधिकरणले डोजर चलाउन सकेको छैन ।
भिआईपी सरकारी कार्यालयहरु रहेकाले सुरक्षाका कारण डोजर नलगाएको प्राधिकरणले जनाएको नयाँ पत्रिकामा खबर छ । स्रोतका अनुसार सरकारी कार्यालय आफैंले अग्रसरता लिएर मिचिएका सडकक्षेत्र खाली गरोस भनेर प्राधिकरणले डोजर नलगाएको हो ।
यता प्राधिकरणले भने रकम अभावले सडक विस्तार अभियान सुस्त भएको दाबी गरेको छ । प्राधिकरण काठमाण्डौंका प्रमुख भाइकाजी तिवारीले भने-’रकम नभएकाले केही ढिला भएको हो, रकम आउनासाथ डोजर लगाइन्छ ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं