प्यठानमा आफ्नै आमालाई बन्चरो प्रहार !!

प्युठान, २५ जेठ । प्युठान जिल्लामा आफ्नै छोराले आमालाई बन्चरो प्रहार गरेर गम्भीर घाईते बनाएका छन् ।

घरायसी विषयमा विवाद हुँदा शुक्रबार बाँगे–५ का २१ वर्षीय समन्त घर्तीमगरले आमालाई बन्चरोको बिडले प्रहार गरेको प्रहरीले जनाएको छ । आमालाई बन्चरो प्रहार गरेको अभियोगमा प्रहरीले समन्तलाई पक्राउ गरेको छ ।



छोराले बन्चरो प्रहार गरे पछि गम्भीर घाईते आमालाई उपचारका लागि स्थानीय मेडिकलमा लगिएको छ ।