प्रेमिलाई खुसी पार्न आफ्नो ११ महिनाको बच्चा जंगलमा फ्याकेर मोज गर्न हिडीन् मिना

आमा शब्द नै महान छ । के तपाई सोच्न सक्नु हुन्छ, एउटी आमाले पर पुरुष को अँगालोमा बाधिनको लागि आफ्नो छोरालाइ जंगलमा लगेर फाल्न सक्छिन भनेर ?

तर आमा यस्ता निस्ठुरी, निर्दयी पनि हुदाँ रहेछन । चितवनको मिना परियार (पौडेल)ले आफ्नो ११ महिनाको छोरालाइ पर्वतको जंगलमा छाडी आफु भने प्रेमी संग रात बिताउन गइन ।



बागलुङको पैञ्युपाटा ५ बाट आफ्नो प्रेमीलाई भेट्न पर्वतको फलेबास जादै गर्दा मंगलबार अनकण्टार जंगल भित्र झाडी र भिरालो स्थानमा आफ्नो बच्चा छाडेर गइन र प्रेमी संग रात बिताएकि थिइन् ।

मंगलबार दिउसो छोरा लिएर हिडेकी मीनाको साथमा उनको छोरा नदेखे पछि उनका आफन्तले प्रहरीलाई लिएर बच्चा खोज्न थालेका थिए । मीनाले अनकन्टार जंगलमा छाडेको २० घण्टा पछि प्रहरी र आफन्तले बच्चालाई जिवितै उद्दार गरेका छन् ।

प्रहरी र आफन्तले खोजि गर्दै जाँदा बच्चा पछ्यौरामा बाँधेको अबस्थामा झाडीभित्र बुधबार दिउसो २ बजे फेला परेको थियो । बच्चालाइ निमोनियाको संक्रमण देखिएकोले पर्वतमा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा पठाइएको छ ।

प्रहरीले मिनालाई नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न अनुसन्धान भैरहेको बताएको छ ।

सात बर्ष अघि चितवनको नारायणघाट निवाशी गर्ने कृष्ण पौडेलसँग अन्तरजातीय प्रेम विवाह गरेकी अन्य ५ बर्षीय र ३ बर्षीय २ छोरा पनि छन् ।

अन्तरजातीय प्रम बिबाह भएकोले घरपरिवारले हेंला गरेकोले मिनाका श्रीमान पनि गाउबाट निस्किएका थिए । मिना भने गत माघ देखि माइतीमा बस्दै आएकी थिइन् ।

माइतीघरमा बस्दा त्यहिको एक युबक संग उनको प्रेम बसेको थियो तर यी युवकले बच्चा भएकोले बिबाह गर्न नसक्ने बताएकोले उनले आफ्नो ११ महिनाको बच्चालाइ जंगलमा छाडेर हिडेको बताएकी छिन ।
- उज्यालो अनलाइन