मेक्सिकोमा अन्धाधुन्ध गोली प्रहार, ६ को मृ्त्यु

२ जेठ, एजेन्सी । मेक्सिकोमा बन्दुकधारीले गरेको आक्रमणमा परी ६ जनाको ज्यान गएको छ । मेक्सिकोको राजधानीबाट उत्तरीक्षेत्रमा रहेको एक राज्य चिहौहामा गरिएको आक्रमणमा ६ जनाको ज्यान गुमेको हो ।

प्रत्यक्षदर्शीहरुले दिएको जानकारी अनुसार एक सवारी साधनमा आएका पाँच जना व्यक्तिले मंगलबार अन्धाधून्ध गोली चलाउँदा ६ जनाको ज्यान गएको हो । प्रहरीका अनुसार उक्त गोली प्रहारका क्रममा कम्तिमा ५० राउण्ड गोली प्रहार भएको थियो । घटनास्थल वरपर ५० भन्दा बढि गोलीका छर्रा भेटिएको प्रहरीले जनाएको छ ।