रसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावानीपछि भागाभाग
१० जेठ, मस्को । रसियाको इस्ट्रन कोस्ट शुक्रवार शक्तिशाली भुकम्प गएको छ । भुकम्पसँगै सुनामी आउने चेतावनी समेत जारी गरिएको छ ।
रसियाका आपतकालिन अधिकारीहरुले भुकम्पले कुनै धनजनको क्षति भएको खबर भने नआएको बताएका छन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiuw8F5fzv8KjG16apkAgGb7HxJTSH3u90VAYkvoLcxJ3qEiRqyyvLl-n7uPXe0OsTPlcV2O_hXRJJbbqgF29XE2-Szsq3smc4GEct-StLCACVXjnlfno3ehbQMhPE4Ate_yVcQ3OT7mQdl/s320/earth_quake.jpg)
ओखोत्सक समुन्द्रको नजिक केन्द्र गरेर गएको यो भुकम्प गहिराई ६२० किलोमटर रहेको अमेरिकन जिओलोजिकलक सर्वेले जनाएको छ । भुकम्पको झड्का पेट्रोपाभलोभ्स्क कामचाट्का शहर सम्म महसुस गरिएको थियो ।
यो शहर रसियाको आणविक सबमरिन आधारक्षेत्र हो भने भने रसियाको सवै भन्दा ठुलो प्राकृतिक ग्यास उत्पादन केन्द्र पनि यहिँ रहेको छ ।
उता सो भूकम्पपछि आएको सुनामीको धक्काले गर्दा नागरिकमा भागाभाग भएको बताइएको छ । साथै सो भूकम्पपछि शक्तिशाली सुनामीको चेतावानी दिइएको बताइएको छ । सो चेतावानीका कारण रसियाको सुदुरपूर्वी क्षेत्रका नागरिकमा त्रास फैलिएको ।
उनीहरुलाई प्रभावित क्षेत्र छोडेर सुरक्षितस्थलतर्फ लाग्न सूचना जारी गरिएको छ । रसियाको आपतकालीन मन्त्रालयले सो सूचना जारी गरेको छ । उसले सो समुन्द्रको वरिपरिका क्षेत्रका नागरिकलाई अग्लो तथा सुरक्षित स्थानतर्फ लाग्न भनिरहेको छ ।
nepaliheadlines