सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ को मृत्यु २५ जना घाइते

१५ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । अन्य २५ जना घाइते भएका छन् । सिन्धुपाल्चोकको भोताङवाट काठमाण्डौ आउँदै गरेको बा २ ख ३६४५ नम्बरको बस बुधवार विहान थाङपालधापको फयाफुल्लाडाँडामा दुर्घटना हुँदा अहिलेसम्म मृत्यु हुनेको संख्या १३ पुगेको प्रहरी सहायक निरीक्षक राम पौडेलले जानकारी दिनुभयो ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा थाङपालधाप-३ का रणवहादुर पाण्डे, मित्र सापकोटा, गीतादेवी बस्नेत र शर्मिला पण्डितको मात्रै सनाखत भएको प्रहरी सहायक निरीक्षक पौडेलले जानकारी दिनुभयो । बसको करिव ५५ यात्रु रहेको प्रहरीले जनाएको छ । क्षमता भन्दा बढी यात्रु सवार रहेकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । बस सडकवाट झण्डै एक सय मिटर तल खसेको छ । उद्दार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने पौडेलले जानकारी दिनुभयो ।