‘अप्रिल फूल’ मनाउदा प्रेम नै खत्तम (भिडियो)

अप्रिल १ अर्थात ढाट्ने दिवस । यो दिन मानिसहरु आफ्ना निकटका साथीभाइलाई झुटो खबर गरेर रमाइलो गर्ने गर्दछन् । तर यही दिवसलाई नकारात्मक रुपमा प्रयोग गरियो भने यसले नराम्रो असर गर्छ । यही बिषयलाई मुख्य रुपमा उठान गरेको चलचित्र अपि्रल फूल प्रदर्शनको लागि तयार भएको छ । यसअघि ‘मलाई मन पर्‍यो’ चलचित्रको निर्देशन गरेका भद्र भुजेल यो सिनेमालाई निर्देशन गरेका हुन् । कमल र केशव लामिछानेको निर्माणमा तयार भएको यो चलचित्र असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।



चलचित्रमा सुमिना घिमिरे, कुमार लामिछाने, मनोज लामिछाने, बिनोद न्यौपाने, महिमा सिलवाल लगायतका कलाकारको अभिनय छ । चलचित्रमा सूर्य थोकरको द्वन्द्व, दिपक शर्माको संगीत, रामशरण उप्रेतीको छायांकन समावेश छ । चलचित्रले अप्रिल फूल मनाउँदा त्यसले प्रेममा समेत कस्तो असर पार्छ भन्ने बिषयलाई उठान गर्न खोजेको छ । चलचित्रमा कथाले मागे अनुसारको ग्ल्यामर समेत पस्किएको निर्माता लामिछानेले बताए ।