भूमिगत पानीको सतह घट्यो, अबैध बोरिङले सुकाए इनार
३ जेठ, काठमाण्डौं । अवैधानिक रुपमा सञ्चालित पानी उद्योगका कारण काठामाण्डौं गोठाटारका दर्जनौ इनार सेकेका छन् । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल पूर्वपट्टि डिप बोरिङ तथा स्यालो ट्युबेल गाडिएपछि भूमिगत पानीको सतह घटेकाले इनार सकेका हुन् ।
तीन बर्षअघि गाडिएका दर्जनभन्दा बढी स्यालो ट्युबेल तथा डिप बोरिङकै कारण इनारमा पानी आउन छाडेपछि स्थानीयबासी आन्दोलित भएका छन् । ‘दिनहुँ दर्जन ट्यांकर पानी निकालन थालेपछि मेरो बोरिङ गरेको धाराबाट पानी आउनै छोड्यो,’ गोठाटारका देवकृष्ण सञ्जेलले भने । गोठाटारकै गोपी दाहालले पाँच बर्षअघि खनेको इनारमा अहिले पानी आउँदैन् । स्थानीय नारायण सञ्जेलको इनारमा पनि ६ महिनादेखि पानी आएको छैन् । विनोद सञ्जेल, हरिहर सञ्जेल, कुमार सञ्जेल र नारायण सञ्जेलका इनार पनि सुकेको अन्नपूर्ण पोष्टमा खबर छ ।
केही बर्षअघिसम्म ६० फिट गहिराइमा भेटिएको पनी अहिले एक सय २० फिट खन्दा पनि आउँदैन । उपत्यका खानेपानी व्यवस्थापन बोर्डले अध्ययन नै नगरी जथाभावी डिप बोरिङ तथा स्यालो ट्युबेलका लागि इजाजत दिइरहेको छ ।