उत्तर कोरियाद्धारा जापानी समुन्द्रमा मिसाइल प्रहार

५ जेठ,एजेन्सी। उत्तर कोरियाले आइतबार एउटा छोटो दुरीको मिसाइल परिक्षण गरेको छ। बितेका चार दिनमा यो उत्तरको चौंथो मिसाइल परिक्षण हो । परिक्षणका क्रममा उत्तरले छोटो दुरीमा प्रहार गर्ने मिसाइलको इस्टकोस्ट(जापानी समुन्द्र)मा प्रहार गरेको थियो।



दक्षिण कोरियाको रक्षा मन्त्रालयले यसको पुष्टी गरेको छ तर पुर्ण विवरण भने दिएको छैन्। शनिवार उत्तर कोरियाले एकै दिन तीनवटा छोटो दुरीका मिसाइल परिक्षण गरेको थियो। अमेरिका र दक्षिण कोरियासंग बढदो तनावका बिच उत्तर कोरियाले मिसाइल परिक्षणको सिलसिलानै शुरु गरेको हो ।

उत्तर कोरयाका गतिबिधिलाइ निकै नजिकबाट निहालिरहेका दक्षिण करिया र अमेरिका उत्तर कोरियाले मध्यम दुरीको मुसुदन मिसाइल परिक्षण गर्छकी भनेर बडो सतर्क छन् । दक्षिण कोरियाले शनिवारनै उत्तर कोरियाले परेको मिसाइल परिक्षणको विरोध गरेको छ। यसले सो क्षेत्रमा व्यापक तनाव बढाउने भन्दै अमेरिकाले पनि यसको आलोचना गरिसकेको छ। भिडियो हेर्न तलको बक्समा किल्क गर्नुहोस