टेलिभिजन हेर्न नपाएको झोकमा एक महिलाले जलाइन् आफूलाई
८ जेठ, एजेन्सी । एक महिलाले टेलिभिजन हेर्न नपाएको झोकमा आफूलाई जलाएकी छिन् । सुन्दा पनि आङ सिरिङ हुने यस्तो घटना भारतको आन्ध्रप्रदेश स्थित कापडामा भएको हो ।
सिरियल हेरिरहेका समयमा श्रीमान घर आइपुगेपछी आइपिएल खेल हेर्न खोज्दा दुईबीच झगडा भएको थियो ।
दुवैले आ-आफूले चाहेको कार्यक्रम हे्र्न खोज्दा दुईबीच झगडा भएको थियो । उक्त झगडाका क्रममा उनका श्रीमान अन्जनेयुलुले उनलाई झापड समेत हानेका थिए । अदिलक्ष्मी नामकी ती महिलाबाट उनका श्रीमानले रिमोट खोसेर आइपिएल हेर्न थालेपछि रिसले आगो भएकी अदिलक्ष्मीले आफ्नो शरिरमा मट्टितेल खन्याएर आगो लगाएकी हुन् ।
उनका पतिले आगो लागेको देखेपछी आगो निभाउन पानी हालिदिएका थिए तर उनी सो अवधीमा धेरै नै जलिसकेकी थिइन् । उनलाई अस्पताल लगिएको थियो । अहिले उनको राजीव गान्धी अस्पतालमा सघन उपचार कक्षमा उपचार भइरहेको बताइएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।