कुटपिट गरेर १० बर्षे बालकलाई रुखमा झुन्ड्याएरै हत्या !!

विजय चालिसे 
१५ जेठ, कैलाली । कैलालीमा एक १० बर्षे बालकको हत्या भएको छ । कैलालीको मालाखेती ६ राजेश खड्का आफ्नै घरको आगनमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।


खड्काको हत्या भएको प्रहरीको अनुमान छ भने स्थानीयबासीले बालकको कुटिकुटि हत्या गरिएको आरोप लगाएका छन् । मृतकका बुवाले सौतेनी हजुरआमा ललिता खड्का र सौतेलो काका २२ पुरन खड्काले आफ्नो छोराको हत्या गरेको आरोप लगाएका छन् ।

उनको शवलाई पोष्टमार्टमका लागी सेती अञ्चल अस्पताल धनगढी राखिएको छ । घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।