सुनको मूल्य साढे ११ सय बढ्यो, तोलाको ५२ हजार नाघेर कारोबार

१७ जेठ, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा साढे ११ सय रुपैयाँ बढेको छ । शुक्रबार नेपाली बजारमा छापावाला सुन तोलाको ५२ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएपछि नेपाली बजारमा पनि मूल्य बढ्न गएको हो ।



केही दिनयता सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबार २ सय रुपैयाँ बढेर ५१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ३ सय रुपैयाँ बढेर ५१ हजारमा कारोबार भएको थियो । मंगलबार छापावाला सुन तोलाको ५० हजार ७ सय रुपैयाँमा करोबार भएको थियो ।

शुक्रबार बजारमा तेजाबी सुन तोलाको ५२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन तोलाको ५० हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजाबी सुनको मूल्य ५० हजार ७ सय रुपैयाँ कायम थियो ।

चाँदीको मूल्य पनि शुक्रबार तोलामा १९ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बजारमा चाँदी तोलाको ८ सय ८९ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलामा ६ रुपैयाँ बढेर ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।