झन्डा हेरेरै थाहा हुन्छ- अशक्त, गर्भवती र वृद्धवृद्धाको संख्या

१८ जेठ, मोरङ । गाउँमा तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरुको संख्या कति छन् भन्ने कुरा थाहा पाउन मोरङका केही बस्तीमा घरको धुरीमा विभिन्न रङका झण्डा गाड्ने अभियान सुरु गरिएको छ ।

 कुन घरमा वृद्धवृद्धा छन्, अनि कुन घरमा गर्भवती, महिला वा अशक्त व्यक्तिहरु छन् भन्ने कुरा झण्डा हेरेर जानकारी लिइ विपद व्यवस्थापन सहजताका लागि यो अभियान चलाइएको हो । आजकल मोरङको लेटाङ १ कीर्तिमान र वडा नम्बर ७ परिवर्तन टोलमा गर्भवती, बालबालिका, दीर्घरोगीलगायतका अशक्त भउको थाहा दिन घरघरमा विभिन्न रङका झण्डा राखिएको देख्न सकिन्छ ।

उक्त गाउँमा गर्भवती महिला भएको घरमा रातो झण्डा, पाँच बर्ष मुनिका बालबालिका भएका घरमा हरियो झण्डा राखिएको छ । ७० बर्ष भन्दा बढी उमेर भएका बुढाबुढी भएको घरमा पहेलो झण्डा र अपाङ्गता भएकाको घरमा नीलो साथै दीर्घरोगी भएको घरमा सेतो रङको झण्डा राखिएको गोरखापत्रमा खबर छ ।