३३ दलद्वारा अन्तरिम चुनावी मन्त्रीपरिषद्को बैठक बहिस्कार

संविधानसभा निर्वाचनको मिती लगायतका विषयमा छलफलका गर्नका लागि अन्तरिम चुनावी मन्त्रीपरिषद्ले बोलाएको बैठक ३३ दलले बहिस्कार गरेका छन् ।

वर्तमान सरकार नै असंवैधानिक तवरले बनेको भन्दै सरकार खारेजीको माग गर्दै आन्दोलन गरिरहेका ३३ दलले निर्वाचनको विषयमा असहमति जनाउँदै बैठक बहिस्कार गरेका हुन् ।

सिंहदरबारमा जारी बैठकमा ३३ दल बाहेकका दलहरुले भने समसामयिक राजनीनिक अवस्था तथा संविधानसभा निर्वाचनको मिति लगायतका विषयमा छलफल गरिरहेका छन् ।

बैठकमा संविधानसभा निर्वाचनसम्बन्धी अध्यादेशको मस्यौदामा रहेको विवाद र मिती घोषणा लगायतका विषयमा छलफल हुने बताइएको छ ।