अनिश्चितकालीन मेची राजमार्ग बन्दले जनजिवन प्रभावित
पूर्वेली स्वतन्त्र यातायात मजदुर संघले आजबाट अनिश्चितकालीन मेची राजमार्ग बन्दले जनजिवन प्रभावित बनेको छ । चालकलाई झुटा आरोप लगाएर दवावको भरमा प्रहरीले सार्वजनिक मुद्धा चलाएर थुनामा राखेको भन्दै पूर्वेलि स्वतन्त्र यातायात मजदुर संघले गरेको बन्दको कारण मेचीको जनजिवन विहानै देखि प्रभावित बनेको छ ।
बन्दको कारण ईलाममा कुनै पनि सवारीका साधन चल्न सकेनन् भने पाँचथर र ताप्लेजुङमा भने फटफुट सवारीका साधन चलिरहेका छन् । संघले हिजै देखि बन्दको आवाहान गरेको भए पनि हिजो बन्द ढिला गरी आवाहान भएकाले यात्रु विच बाटोमानै अलपत्र परेको भन्दै संघले हिजोका लागि मात्र बन्द फिर्ता लिएको थियो । चालक सुशील बिकलाई झुटा आरोप लगाएर फसाएको भन्दै बिनासर्त रिहा नगरेसम्म कुनै पनि सवारीका साधन नचलाउने भन्दै बन्दमा उत्रिएका स्वतन्त्र यातायात मजदुरले ईलाम र झापाका केहि स्थानमा हिजो माईकिङ गदै बन्दको आवाहान गरेका थिए ।
झापाको बिर्तामोडबाट इलाम आउने क्रममा मे १ ज ६०१ नम्बरको गाडिमा चढेकी कोल्बुङकि एक महिलाले चालकले आफूलाई छोएको भन्दै झापाको इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी गरेपछि प्रहरीले घटनाको बारेमा बिस्तृत जानकारी नै नलिइकन चालकलाई पक्राउ गरि दवावको भरमा सार्वजनिक मुद्धा चलाएर हिरासतमा राखेको संघका केसाङ लामाले बताउनुभयो ।
यसै विच गएरातिको भिष वर्षा पछि झरेको पहिरोको कारण मेची राजमार्ग अन्तरगत ताप्लेजुङको नाङ्खोल्याङ्ग क्षेत्रको सडक खण्ड अबरुद्ध बनेको छ । गएराति सडक माथिबाट झरेको पहिरोको कारण सडक अबरुद्ध हुदा ताप्लेजुङबाट बाहिरीने तथा पाँचथर, ईलाम र झापाबाट ताप्लेजुङ भित्रने सवारीका साधन विच बाटोमानै अलपत्र परेको ताप्लेजुङ बस काउटरका ईन्चार्ज जंग सुनुवारले जानकारी दिनुभयो ।
अबरुद्ध भएको सडक स्काभेटरको सहयोगमा खुलाउने तयारी भईरहेको उहाँले बताउनुभयो । ताप्लेजुङ र पाँचथरमा भने पूर्वेलि स्वतन्त्र यातायात मजदुर संघले गरेको बन्दको सामान्य प्रभाव मात्र परेकाले दुई जिल्ला आवत जावत गर्न सवारीका साधन सञ्चालन भईरहेका छन् ।