''श्रीमतीको गुप्तांगमा ताल्चा लगाउनेलाई १० वर्ष जेल''
''एजेन्सी'' – ''चरित्रमा शंका लागेपछि ४ वर्षसम्म श्रीमतीको गुप्तांगमा ताल्चा लगाउने ३८ वर्षे अटो मेकानिक सोहनलाल चौहानलाई भारतको मध्यप्रदेश राज्यको इन्दौर अदालतले १० वर्षको काराबासको सजाय सुनाएको छ । अदालतले उनलाई एक हजार भारतीय रुपैयाँ बराबरको जरिवाना पनि तोकेको छ ।'
‘सोहनलालले पत्नीको गुप्तांगमा धारिलो हतियारले प्वाल
पारेर ताल्चो लगाई असह्य शारीरिक र मानसिक यातना दिएको प्रमाणित हुन्छ,’ अदालतको फैसलामा भनिएको छ । यातना सहन नसकेर सन् २०१२ को १६ जुलाईमा ती महिलाले मुसा मार्ने औषधि खाएर आत्महत्या प्रयास गरेकी थिइन् । जाँचका क्रममा चिकित्सकले जनेन्द्रीयमा ताल्चा झुन्ड्याएको फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि पक्राउ परेका सोहनलाल विरुद्ध स्थानीय अदालतमा मुद्दा चलेको थियो । यति हुँदाहुँदै पनि पीडित पत्नीले पछि बयान फेरेर श्रीमान्लाई जोगाउन खोजेकी थिइन् तर चिकित्सक र प्रहरीले जुटाएको प्रमाणका आधारमा अदालतले फैसला सुनायो ।'चार वर्षअघि श्रीमान्ले गाजा सेवन गराएर बेहोस पारेपछि गुप्तांगमा प्वाल पारी ताल्चा लगाइदिएको उनले चिकित्सकलाई बताएकी थिइन् । श्रीमान्ले बेलाबेलामा ताल्चा लगाउने र खोल्ने गरेको उनले जानकारी दिएकी थिइन् । गुप्तांग संक्रमित भएर हुने दुखाइलाई कम गर्न उनले श्रीमतीलाई अफिम खुवाउँथे । प्रहरीको सहयोगले उक्त ताल्चा खोलिएको थियो । सोहनलालले बिहान काममा जानुअघि पत्नीको गुप्तांगमा ताल्चा लगाउने र राति खोल्ने गर्थे ।''
त्यसको साँचो भने उनीसँगै हुन्थ्यो । समाजमा निकै असल र सभ्य छविका सोहनलालले यस्तो गर्लान् भन्ने कल्पनासम्म छरछिमेकले गरेका थिएनन् । तर उनी आफ्नी श्रीमतीलाई वरपरका सबै पुरुष खराब र आफूमात्रै असल भएको र अरूसँग नबोल्न भन्दै घरमा लगभग बन्दी बनाएर राखेको खुलासा यस घटनापछि भएको छ ।''
श्रीमतीले बोल्न खोज्ने जोसुकै पुरुषका बारेमा चरित्रहत्या हुने गरी काल्पनिक कथा बनाएर सुनाउँथे । उनको कुराले त्रसित वरिपरिका पुरुषसँग बोल्नु नपरोस् भनी टाउको तल गरेर वा टाढैबाट हेरेर अर्कोतिर मुख फर्काउँदै हिँड्थिइन् ।
सोहनलाल ‘तिमीले बोलिरहेको फलानो मान्छे त खराब चरित्रको छ, उसको त धेरै आइमाईसँग सम्बन्ध छ,’ भन्दै पत्नीलाई डर देखाउँथे । सोहनलाल कुनै मानसिक रोगको सिकार भएको हुन सक्ने चिकित्सकहरूले अनुमान गरेका छन् ।