मलेसियाका नेपाली मजदुरलाई छोएन मजदुर दिवसले (फोटो फिचरसहित)
रामचन्द्र नेपाल
क्वालालम्पुर । विश्वभरी मजदुर दिवस मनाईरहदा मलेसियामावाट घर र्फकनको लागि यात्रा अनुमति पत्र लिएर वसिरहेका वगहि-३, वाराका राजेन्द्र वैठालाई मजदुर दिवसले छोएन । चार महिना अगाडि मलेसिया आएका वैठा नेपाल र्फकने तयारी गर्दैछन् । १ लाख २० हजार रुपैयाँ वुझाएर मलेसिया आएका उनले दिनमा २२ घण्टा सम्म नियमित काम गर्नुपरेपछि हार खाएर कम्पनी छाडेर भागेका हुन् । मलेसिया आएर काम गरी घर पैसा पठाउनु त परै जाओस वैठाले मलेसियामै करिव ४० हजार ऋण बोकेका छन् । आफ्नै सहोदर दाजुसंग मलेसियन १५ रिंगेट सापटि लिएर कागजपत्र वनाईवरी उनी नेपाल र्फकने तयारी गरिरहेका छन् । २६ वर्षीय वैठाको दुई छोरा र एक छोरीलाई राम्ररी पढाउने र परिवारलाई सुखदिने सपना यतिवेला हराएको उनलाई लाग्दैछ । अव कुनै पनि देश नजाने उनले संकल्प लिएका छन् । वरु गाउँमै खेतिपाति गर्छु तर विदेश जादिन उनको भनाई छ ।
सर्लाही रामवन-९ का राम अधरको उमेर भर्खर २० वर्षको मात्रै भएको छ । डेढ वर्ष अगाडि मलेसिया छिरेका उनी एक वर्षदेखि अवैधानिक भएर काम गरिरहेका थिए । नेपाल र्फकनको लागि दूतावासले दिएको यात्रा अनुमति लिएर नेपाल र्फकनको लागि थप प्रकृयाको पर्खाइमा छन् । घरको एक्लो छोरा रामले पनि मलेसिया आउँदा लिएको ऋण तिर्न मात्रै भ्याएका छन् । घरमा पैसा पठाउनु पर्देन वरु तिमी आउ भनेर वारम्वार घरवाट भनेपछि उनी नेपाल र्फकन थालेका हुन् । सवै गाउँलेहरुको लहैलहमा लागेर उनी मलेसिया आएका हुन् । मलेसिया आएपछि उनले भनेजस्तो काम पनि पाएनन । पाम आयलको काम थियो म जस्तोले कहाँ काम गर्न सक्नु एक वर्षमै भागे उनी पुराना कुरा वताउछन् । गाउँमै इलम सिकेर काम गर्ने हो भने विदेशमा झै पैसा कमाउन सकिने उनको उनको ठम्याई छ । मजदुर दिवसको वारेमा उनलाई पनि कुनै पत्तो छैन ।
पाल्पा सिलुवाको मन वहादुर थापा पनि मलेसिया छिरेको तीन वर्ष पुरा भयो । तर उनले न त पैसा कमाउन नै सके न त घर र्फकन नै सकेका छन् । महिना दिन भरी काम गर्दा आउने पैसा खाना खर्च, टेलिफोन र अन्य काममा खर्च हुँदा पैसा वचाउन सकेका छैनन । तीन वर्ष अगाडि ९० हजार रुपैया वुझाएर मलेसिया आएका उनले साहु र व्याज गरेर १ लाख ३० हजार वुझाएपछि घर र्फकने अवस्थानै नभएपछि अझै एक वर्ष वस्ने सोचाईमा छन् । अझ एक वर्ष यहि वस्छु अनि घर खर्च वनाएर घर र्फकन्छु उनको भनाई छ । सल्यान मुलखोला-७, का वीर वहादुर खत्रीलाई भाईको पिरले सताउन थालेको छ । तेह्र महिना अगाडि घरपरिवारवाट टिका लगाएर संगै निस्किएका इनामदार खत्रीले दुई महिना अगाडि देखि कम्पनी छाडेर हिडेपछि दाई चिन्तित वनेका हुन । आइतवार क्वालालम्पुरमा भेटिएका दुई दाजुभाईले सोमवार फेरी भेट्ने गरी वाचा गरेको भएपनि आईतवार राती भाईले दाई मलाई कम्पनीले निकालिदियो । म जंगलमा छु भनेर फोन गरेका थिए । सोमवार विहान देखि उनको फोन वन्द भएको कारण दाजु विर वहादुर निकै चिन्तित भएका छन् । मजदुर दिवसको दिन दिनभरी भाईलाई खोज्न निस्किएको भएपनि उनले भाईका कुनै सुईको पाउन सकेका छैनन ।
गएको नोभेम्बरमा मलेसिया आएका मोरङका सुर्य गौतमलाई पनि मजदुर दिवसले छोएको छैन । नेपालमा मेनपावरले ५४६ बेसिक र ओभर टाईम र खानलाई दाल भात र तरकारी चाँही आँफै किन्नु पर्ने भनेको भएपनि उनले त्यो सुविधा पाउन सकेनन् । दुई महिना अगाडि देखि काम छोडेर साथीभाईको सहयोगमा वसिरहेका उनलाई पनि मजदुर दिवसले छोएन । कम्पनीमा काम गर्न छाडेको २ महिना भै सक्दा पनि उनको समस्या समाधान गर्न न मेनपावरले ध्यान दिएको छ न त कम्पनीले नै । बरु उल्टै नेपाल र्फकने भए २४ सय ५५ रिंगेट देउ घर फर्काइ दिन्छु भन्ने गरेका कारण सम्वन्धित निकायको खोजीमा लागेका छन् उनी ।