स्ववियु निर्वाचन स्थगित हुने संकेत, निर्वाचन पदाधिकारीद्वारा राजीनामा
१० जेठ, काठमाडौं ।
१३ दिनपछि हुने स्ववियु निर्वाचनको जिम्मा पाएका त्रिबि केन्द्रीय क्याम्पसको निर्वाचन समितिका पदाधिकारीले राजीनामा दिएका छन । फर्जी बिद्यार्थी भर्ना प्रकरणमा विद्यार्थी संगठनबीच नै तनाव भएपछि त्रिबि केन्द्रीय क्याम्पस निर्वाचन समितिका प्रमुख तारादत्त भट्ट सहितका पदाधिकारीले शुक्रवार साझ राजीनामा दिएका हुन ।
निर्वाचन पदाधिकारीले नै राजीनामा दिएपछि जेठ २३ गते हुने भनिएको स्ववियु निर्वाचन स्थगित हुने संभावना बढेको बताए । नेविसंघका एक केन्द्रीय नेताले स्वनियु निर्वाचन स्थगित हुने संभावना बढेको बताए । राजधानीका विभिन्न क्याम्पसमा गरिएको फर्जी भर्ना खारेज नभएसम्म निर्वाचन हुन नदिने बैद्य माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसायलीले जानकारी दिए ।
नेबिसंघका प्रवक्ता युपी लामिछानेले भने भोली सम्ममा निर्वाचन समिति बन्ने भएकोले निर्वाचन समयमै हुने दावी गरेका छन ।