लडाकूको शक्तिखोर शिविर सेनालाई !
६ जेठ, काठमाण्डौं । तत्कालीन लडाकूको चितवन शक्तिखोरस्थित शिविर सरकारी निकायबीचको लामो रस्साकस्सीपछि नेपाली सेनालाई दिइने भएको छ । भौतिक संरचनासहितको क्षेत्र कसले लिने भन्नेबारे गृह र रक्षा मन्त्रालयबीच हानथाप चलेको थियो ।

गृहसविच नवीन घिमिरेले नेपाली सेनाले लडाकू समायोजन गर्न सेना मातहत बनाएको ‘राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालय’ को मुख्यालय नै राख्ने मनस्थिति बनाएपछि दिन लागिएको बताए । व्यापक जिम्मेवारीसहितको महानिर्देशनालय राजधानीबाहिर गठन हुने सेनाको पहिलो महत्पूर्ण विभाग हुने कान्तिपुर दैनिकमा खबर छ ।
व्यवस्थित हिसाबले कारागार बनाउनु उपयुक्त हुने ठानेर हामीले पनि त्यो स्थान लिन खोजेका थियौं, तर महानिर्देशनालयको मुख्यालय बनाउने भनेपछि अन्ततः सेनालाई नै दिने सहमति भएको छ, मन्त्रिपरिषद् बैठकले यसको अन्तिम टुंगो गर्नेछ,’ शुक्रबार स्विट्जरल्यान्ड जानुअघि घिमिरेले भने ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं