‘होस्टेल’मा तन्नेरीको भिड, ‘उसिनेको आलु’ले चर्चा बटुल्दै(भिडियो)

भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘होस्टेल’ अहिले चर्चामा छ । यसअघि चलचित्र ‘सायद’ निर्माण गरेर चर्चामा आएका निर्माता सुनिल रावलले ‘होस्टेल’को निर्माण गरेका हुन् ।



निर्माण यूनिटले बिहिबार चलचित्रको प्रोमो, एक गीत र पोष्टर रिलिज गरेको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी निर्माणपक्षले चलचित्रको प्रचार सुरु गरेको हो । युवापुस्तालाई लक्षित गरिएको यो चलचित्रमा अनमोल केसी, सलोन बस्नेत, गौरब पहाडी, रिस्ता बस्नेत, प्रकृती श्रेष्ठ, सिन्चना थापा, शिशिर भण्डारीको मुख्य भूमिका छ । यस्तै चलचित्रमा भुवन केसी, शोभित बस्नेत र टिका पहाडीको पनि अभिनय हेर्न सकिन्छ । चलचित्रमा समावेश ‘केटी भनेको क्यूट हुनुपर्छ, हट त उसिनेको आलु पनि हुन्छ’ भन्ने संवादले अहिले चर्चा बटुलिरहेको छ ।



चलचित्र बिकास बोर्डका अध्यक्ष धमेन्द्र मरबैता ‘पप्पु’ले चलचित्रको पोष्टर लञ्च गरेका थिए । चलचित्र प्रोमो र गीत हेरिसकेपछि उपस्थित पत्रकार तथा कलाकारहरुले तारिफ गरेका थिए । दुर्गिस फिल्मस्को व्यानरमा तयार भएको यो चलचित्रलाई हेमराज वीसीले निर्देशन गरेका हुन् । चलचित्रमा हरि हुँमागाइको छायांकन छ ।