प्रचण्ड र बाबुरामले काजीलाई फेरी यसरी नै रूवाउने...(भिडियो सहित)

१३ जेठ, काठमाडौ । धैरेलाई सम्झना नहोला तर ठिक एक वर्ष अघि एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ डाँको छोडेर सबै मिडियाको अगाडी धरघरी रोएका थिए ।



उनले त्यतिखेर मिडियाका अगाडी संविधानसभा विघटन हुने भयो भन्दै धुरू धुरू रोएका थिए । उनी आँसु निकालेर नाटक गरेका भन्ने पनि थुप्रै थिए त्यतिखेर तर उनले रोएका भने साच्चै थिए । नेपालीहेडलाइन्सको क्यामेराले पनि धरधरी रोएको भिडियो खिच्न भ्याएको थियो । उनले रोए पनि संविधानसभा भने बचाउन सकेनन् तर उनले रून्चे नेताको रूपमा भने इतिहास बनाए ।

आज पुरै एक वर्षपछी उनी फेरी साँच्चिकै रूने दिन उनकै पार्टी भित्रबाट बनाइँदैछ । त्यतिखेर नाटकै गरेर रोएका भए पनि(त्यसो नहोला) काजीले अब भने क्वाँ क्वाँ गर्दे रूने दिन आएको एमाओवादी पार्टी भित्रकै नेता कार्यकर्ताले बताउन थालेका छन् ।

खिलराज रेग्मीलाई सरकारको नेतृत्व दिँदा ताका देखि नारायणकाजीले प्रचण्ड-बाबुरामको उछितो काट्न शुरू गरेका थिए । प्रचण्ड-बाबुराम दुवै बाहिरी शक्तिको दबाबमा आएर रेग्मीलाई सरकार सुम्पिएको भन्दै काजीले वैद्य भाषा बोलेका थिए ।

उनले लोकमान सिंहलाई अख्तियार प्रमुख बनाउने पार्टी निर्णय विरुद्ध पनि प्रचण्ड-बाबुराम विरूद्ध चर्को बोलेका थिए । उनले बाबुरामलाई भारतीय दलाल र प्रचण्डलाई दलालको साथी भन्दै केही नेता कार्यकर्तालाई सुनाएपछि त्यो प्रचण्ड-बाबुराम समक्ष पुगेको बताइन्छ ।

नारायणकाजीले नक्कली राष्ट्रवादको नारा लगाएर पार्टीमा बार्गेनिङ मात्रै गर्ने खोजेको भन्दै प्रचण्ड-बाबुराम पक्षधरले ठेगान लगाउने तयारी गरेको बुझिएको छ । उनी सहित उनका एक दुइ 'हनुमान'ले अवसरवादी राजनीति गरेको भन्दै प्रचण्ड क्रुद्ध भनेको स्रोत बताउँछ । उनलाई अब धेरै बोले पार्टीबाटै सकिदिने एक बाबुराम नजिकका नेता पनि बताएका छन् ।

पहिले भारतको नजिक मानिएका नारायणकाजी ३६० डिग्री परिवर्तित व्यवहारलाई दुई शीर्ष नेताले निकै अस्वभाविक मानेका छन् । एकता केन्द्रबाट माओवादी छिरेका भएपनि उनीसँग त्यताबाट आएका सबै छैनन्, केही प्रचण्ड तिर र केही बाबुराम तिर लागिसकेका छन् । त्यसैले पनि हैसियत र आधार नभएको नेता भनेर केही समययता प्रचण्डले उनलाई खासै महत्व दिन छोडेका छन् भने बाबुराम उनलाई पटक्दै गन्दैनन् । युद्ध लडेका माओवादी नेता कार्यकर्ता उनलाई चैतै माओवादी भन्छन् ।

परिस्थिति पार्टीभित्र बिल्कुलै नारायणकाजीको पक्षमा नभएको स्रोत बताउँछ, सरसरी हेर्दा पनि यस्तै देखीन्छ । त्यसैले पार्टीभित्र काजीको रूने दिन आएको व्यापक चर्चा चल्न थालेको छ ।

यसरी रोएका थिए नारायणकाजी पुरै भिडियो हेर्नुस..