अवैध गर्भपतन, शिशुका आठ शव एकै स्थानमा भेटिए,(भिडियोसहित)
स्थानीय कपालमोचनी पोखरीको दक्षिणपश्चिम कुनामा आधा दर्जनभन्दा बढी नवजात शिशुको शव प्रहरीले बिहीबार बरामद गरेको छ ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अगाडि रहेको पोखरी तथा जानकी हेल्थ केयर सेन्टरको छेउमा मृतावस्थामा रहेका सात शिशुका शव भेटिएका छन् । प्लास्टिकका जारमा छुट्टाछुट्टै राखिएका शिशु कसले र किन फालेको हो भन्ने खुल्न सकेको छैन । शिशुको शव बरामद गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिनुभयो ।
शिशु फालिएको जानकारी पाएपछि स्थानीयवासीको घुइँचो सो स्थानमा लागेको थियो । प्रहरी निरीक्षक दीपेन्द्र पजियारले दिएको जानकारीअनुसार भु्रण हत्या गराइएको हुन सक्ने र आफ्नो कुकृत्य लुकाउन जारमा रसायन हाली फालेको हुन सक्ने बताउनुभयो । गर्भपतन गराउनका लागि मेरिस्टोप सेन्टर, नेपाल परिवार नियोजन सङ्घ तथा जनकपुर अञ्चल अस्पताल बाहेकका निकाय मात्र वैधानिक भए पनि लोकलज्जा, समाजको डर तथा अन्य विभिन्न कारणले गर्दा अवैधानिकरूपमा गर्भपतन गराउने गरिएको पाइएको छ ।
मृतावस्थामा फालिएका शिशुको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । ती शवको परीक्षण गर्दा केहीको लिङ्ग पहिचान गर्न सकिएको र केही पहिचान गर्न गाह्रो भएको चिकित्सकले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । धनुषाका प्रहरी प्रमुख पन्तले आवश्यक छानबिन भइरहेको जानकारी दिनुभयो ।
पुरा भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोला।