रावललाई बेल्जियममा कालोझण्डा, प्रहरीले गर्यो हस्तक्षेप...(भिडियोसहित)

१३ जेठ, काठमाडौ । एमाले नेता भीम रावल प्रमुख अतिथी रहेको एक कार्यक्रममा बेल्जियममा रहेका नेपालीहरूले रावललाई झण्डा देखाएका छन् ।



कार्यक्रममा कालो झण्डा देखाउँदा त्यहाँको स्थिति तनावपूर्ण बनेको थियो । कार्यक्रमस्थलको तनावलाई एमाले कार्यकर्ताले नियन्त्रण गर्न खोज्दा असफल भएपछी प्रहरीले नै कार्यक्रममा हस्तक्षेप गरेका थिए । भीम रावललाई संघीयता तथा पहिचान विरोधी भन्दै त्यहाँ रहेका आदिवासी जनजाती नेपालीले कालो झण्डा देखाउँदै नाराबाजी गरेका हुन् ।

एमाले भातृ संगठन नेपाली लोकतान्त्रिक मञ्च, (एनडिएफ) बेल्जियमको अधिवेशनमा प्रमुख अतिथिको रुपमा भाग लिन पुगेका रावललाई आदिवासी जनजाती महासंघका कार्यकर्ताहरूले कार्यक्रमस्थलमा मन्तव्य व्यक्त गरिरहँदा कालोझण्डा देखाएका थिए । आदिवासी जनजातीले पहिचानबिनाको संघियता मान्दैनौ, आदिवासी जनजाती एकता जिन्दावाद, आदिवासी जनजातीको आण्दोलन जारी छ जस्ता नारा लगाउँदै सोही व्योहोराका ब्यानरहरु समेत कार्यक्रम स्थलमा प्रदर्शन गरेका थिए ।

सुरूमा एमाले कार्यकर्ताहरुले जनजाती कार्यकर्तालाई बाहिर निकाल्न प्रयास गरे । तर, उनीहरूले मानेनन् ।

त्यसपछि करिव आधा घण्टासम्म हल तनावपूर्ण भएको थियो । अतिथिको सुरक्षा गर्न नसक्ने अवस्था आएपछि आयोजकले प्रहरी गुहारेका थिए । प्रहरी आएर हस्तक्षेप गरेपछी कार्यक्रम सुचारू भयो, नाराबाजी गर्ने जनजाती कार्यकर्ता हलबाहिर गए ।

त्यसअघि नै जनजाती महासंघ बेल्जियमका अध्यक्ष पीजी शेर्पा नेतृत्वको टोलीले एमाले नेता रावललाई संघीयताबिरोधी भन्दै ज्ञापनपत्र बुझाएको थियो